Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

जनकपुरको सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

खबरडबली संवाददाता

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।

स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो ।

सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नं १८५ र १८८ को सात कट्ठा जमिनमा स्व झाका छोरा गङ्गाधर झा, प्रमोद झा, चन्द्रमोहन झा, चन्द्रवंशी झा र राजवंशी झाले आफ्नो भनी दाबी गरिरहेकोले बिवाद उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।

उनीहरुले उक्त जमिनमा दाबी गरेपछि अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिबास तथा जिल्ला प्रशासन कार्यालय सर्लाही मलगङ्वामा सिँचाइ व्यवस्थापन कार्यालयले आफ्नो प्रमाण तथा दाबीसहित सुरक्षाका लागि लिखित निवेदन पेस गरेको उनले उल्लेख गरे ।

तीन करोड मूल्य बराबरको सो जमिन विसं २०४० मा मन्त्रालयले सिँचाइ कार्यका लागि मुआब्जा वितरण गरेर अधिग्रहण गरेको थियो । जमिनको मूल्य बढेपछि ४० वर्षपछि उक्त जमिनमा विवाद सुरु भएको स्थानीय बताउँछन् ।

विसं २०४० अगाडि स्थानीय जमिन धनीहरुलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा स्थानीय धेरैले आआफ्नो जमिन सिँचाइ कार्यालयको पूर्वाधार निर्माणका लागि बिक्री गरेर मुआब्जा लिएका थिए  ।

सोही क्रममा स्व हरिनारायण झाले पनि बिक्री गरेका कार्यालय प्रमुख भगतले बताउँदै विसं २०५० मा बागमती नदीमा आएको बाढीले सो कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको जानकारी दिए ।

मालपोत कार्यालय बरहथवामा उक्त किता नम्बरको जमिनको स्रेस्ता पाना च्यातिएकाले स्व झाका छोराहरुले सो जमिन आफ्नो भनी दाबी गरेका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

विवाद समाधानका लागि नापी कार्यालय बरहथवाको नापी टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय जनताको भेलाले सो जमिनका सम्बन्धमा मुचुल्का तयार गरिएको छ । सो क्रममा एक सयबढी स्थानीय, जल उपभोक्ता र सिँचाइका पुराना कर्मचारीको उपस्थिति थियो । मुचुल्का तयार गर्ने क्रममा उपस्थितले उक्त जमिन सिँचाइ कार्यालयको रहेको लिखितपत्रमा हस्ताक्षर गरेका प्राप्त विवरण निवेदनमा जनाइएको प्रमुख भगतले जानकारी दिए ।

अधिग्रहण भएको जमिनमा निर्मित जस्तापाताको छानाले छाएको दुईतले इँटा लगाएको जीर्ण पक्की घर र गार्डकोठा प्रमाणका रुपमा रहेका जनाइएको छ । स्व झाका छोराहरुले उच्च अदालत जनकपुरमा आफ्नो जमिन भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । साथै मालपोत कार्यालय बरहथवामा पनि आफ्नो हो भनि निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।

सिँचाइ आयोजनाको निर्माण २०३९/४० देखि सुरु भई २०४४/४५ मा कार्यान्वयनमा आएको थियो । कार्यालयअन्तर्गत हीरापुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइँदै आइएको कार्यालय प्रमुख भगतले जानकारी दिए ।

उनका अनुसार उक्त सिँचाइ आयोजनाबाट छ हजार सात सय परिवारका ५० हजार जनता लाभान्वित भएका छन् । आयोजनाको निर्माणले हाल ४० हजार दुई सय ४४ मेट्रिकटन खाद्यान्न उत्पादन सुरु भएको भगतले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

बंगलादेशमाथि भारतको शानदार जित, छैटौं पटक साफ महिला च्याम्पियन

काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...

दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको ना...

दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति

दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ । वन न...

कास्की कारागारबाट भागेका कैदी ९ महिनापछि म्याग्दीमा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।...

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending