कालीकोट । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल नेपाल कालीकोटका अध्यक्षले एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्लाको पलाँता गाउँपालिका–१ पुलाहका २९ वर्षीय राजबहादुर बुढाले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको हो ।
बुढाले पलाँता गाउँपालिका–१ मा गत २०८० फागुन ५ गते राति जबरजस्ती करणी गरेको र गर्भ बसेपछि गर्भपतन पनि गराएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ ७ गते जिल्ला अदालतलाई पत्र लेख्दै सोही पालिका निवासी २० वर्षीय महिलाको जाहेरीका आधारमा बुढालाई तत्काल पक्राउ गर्नुपर्ने भएकाले अनुमति मागेको पत्रमा उल्लेख छ ।
प्रहरीले अनुमति मागेपछि जिल्ला अदालत कालीकोटले राजबहादुर बुढाको नाममा पक्राउ पुर्जी जारी गरेर खोजी जारी राखेको छ । पीडित महिलाले आफूमाथि मिति २०८० साल फागुन ५ गते राति करणी भएको भए पनि आफूलाई जाहेरी दिनबाट रोकिएकाले थप पिडामा रहेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाले जबरजस्ती करणीका कारणले आफ्नो पेटमा गर्भसमेत बसेको र गर्भपतन गर्न लगाएको जाहेरीमा उल्लेख गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले भदौ ६ गते जाहेरी आएको पुष्टि गरे ।
भदौ ७ गते पक्राउका लागि अदालतसँग अनुमति मागेर प्रहरीले बुढाको खोजी जारी राखेको छ । आरोपित बुढाको हुलियासहित सबै प्रहरी युनिटमा पत्राचार भएको भए पनि अहिलेसम्म फेला नपरेको उनले बताए । जाहेरीपछि पीडित राजबहादुर बुढा फरार छन् ।
पीडित महिला अहिले एक सामाजिक संस्थाको आश्रयमा छन् । उता पीडित महिलाका घरपरिवारलाई जाहेरी फिर्ता लिन र अदालतमै भए पनि बयान बदल्न दबाब दिएको गुनासो समेत आएको छ । एक स्थानीयले पीडित महिलालाई मानसिक दबाब दिने काम भइरहेकोसमेत बताए ।
यता पालाँता गाउँपालिका अध्यक्षले समेत पीडित महिलालाई नाम सार्वजनिक नगर्न फकाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...
बैशाख २६ गते, २०८३ - १८:३६
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...
बैशाख २६ गते, २०८३ - १८:३३
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...
बैशाख २६ गते, २०८३ - १८:३०
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...


प्रतिकृया लेख्नुहोस्: