काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एउटा बोल्ने, अर्कै गर्ने’ पहिचान भएको भन्दै कटाक्ष गरेकी छन् । मङ्गलबार जारी प्रतिनिधि सभाको बैठकको शून्य समयमा भाग लिँदै माओवादी सांसद राईले यसरी कटाक्ष गरेकी हुन् ।
संंसद बैठकमा सम्वोधनका क्रममा उनले भनिन्–“एउटा कुरा गर्ने तर, अर्कै गर्दै हिँड्ने प्रधानमन्त्रीज्यूको पहिचान नै बनिसकेको छ ।”
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ मा व्यवस्था गरिएको महिला समन्वय समिति बनाउनेबारे ध्यान नदिएको तर, बाहिर भने महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँडेको भन्दै प्रश्न गरिन्, “प्रधानमन्त्रीज्यू कहिले महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? संसद्लाई जानकारी दिनुहोला । नियमावलीमा व्यवस्था गरिएको समिति बनाउन वातावरणचाहिँ नबनाउने तर, अर्कोतिर कुनै कार्यक्रममा भने महिला प्रधानमन्त्री बनाउँछु भन्नु कति जायज हुन्छ ?”
महिला समिति नबन्नुमा प्रतिनिधि सभाका महिला सांसदको दोष कहिल्यै नभएको उनले जिकिर गरिन् । “प्रधानमन्त्रीज्यूले नेपालमा महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश र महिला मुख्यसचिव भइसकेको छ, अब महिला प्रधानमन्त्री चाँडै बनाउँछु भनेको सुनियो,” उनले भनिन्, “संसदलाई जानकारी गराउनुहोला ।”
यसअघि एक तीजविशेष कार्यक्रमा प्रधानमन्त्री ओलीले अब आफूले महिला प्रधानमन्त्री बनाउनेतर्फ कोसिस गर्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: