सर्लाही । सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन्।
त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् । नेपाल–भारत सीमा दशगजा नजिकै पर्ने मधुबनी गाउँमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ९बीओपी० मधुबनीबाट खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गर्न सफल भएको हो।
प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका आठै जना व्यक्ति र बरामद भएका समान जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका आठ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद प्रदान गरेको छ ।
गोडैता नगरपालिका क्षेत्रबाट यसरी बारम्बार नक्कली नोट बनाउने व्यक्ति पक्राउ परिरहेका छन्। प्रहरी उपरीक्षक सिंहले सो क्षेत्रमा थप शङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - २२:१४
काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...
जेष्ठ २३ गते, २०८३ - २२:०८
काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...
जेष्ठ २३ गते, २०८३ - २१:५९
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...
जेष्ठ २३ गते, २०८३ - २१:५७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको ना...
जेष्ठ २३ गते, २०८३ - २१:५३
दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ । वन न...
जेष्ठ २३ गते, २०८३ - २१:४५
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।...
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...



प्रतिकृया लेख्नुहोस्: