Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कांग्रेसको १५औं महाधिवेशन अनिश्चित, देउवाको अडान- कसैले छाड् भन्दैमा छाड्दिनँ

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो। 

महामन्त्री गगनकुमार थापाले गत फागुनमा भएको महासमिति बैठकमै २०८२ सालमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। जारी बैठकबाट महाधिवेशनको कार्यतालिका आउने अनुमान गरिएको थियो । तर केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशन समयमै गर्ने मात्र निर्णय गरेको छ।

केन्द्रीय समितिले समयमै गर्ने भनी गरेको निर्णयअनुसार विधानको प्रावधानअनुसार चार वर्ष, विधानकै व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्ष वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्दा पनि समयमै हुनेछ। 

अझ कुनै पार्टीसँग एकीकरण गरेको अवस्थामा त्यसपछिको पाँच वर्षभित्रै गर्दा पनि समयमै हुनेछ। कांग्रेस र एमालेबीच २०८४ सालको आम निर्वाचनअघिको पछिल्लो एक वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दुई दलीय सहमति छ।

विधानतः १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारसमेत बन्न नपाउने देउवा त्यसअघि महाधिवेशन गराउन तयार नरहेको निकटहरूको दाबी छ । देउवाको चाहनालाई पार्टीका अन्य पदाधिकारीले साथ दिँदा १५औं महाधिवेशनको कार्यतालिका आउन नसकेको नेताहरू आरोप छ । बैठकले पार्टीको विधान संशोधनका लागि समिति गठन गरेको छ। 

पार्टीको तल्लो तहका अधिवेशन गराउन संख्या ठुलो भएको गुनासो जिल्ला तहबाट आएको छ। विधान संशोधनका लागि अब प्रक्रिया सुरु गरेर कांग्रेसले २०८२ सालभित्र महाधिवेशन गर्न सम्भव नै नरहेको एक पूर्वपदाधिकारीले दाबी गरे। 

‘सभापतिजीलाई २०८४ सालको आम निर्वाचनमा आफैं टिकट वितरण गर्ने चाहना छ,’ ती नेताले भने, ‘महामन्त्रीजीहरूलाई पनि एकरदुई वर्ष पर धकेल्दा दोस्रो पुस्तालाई पनि एकै पटक बिदा गरेर आफूमा नेतृत्व ल्याउन सकिन्छ कि भन्ने कतै भएजस्तो देखिन्छ। अब विधान संशोधन गरेर २०८२ सालमा महाधिवेशन हुँदैन।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने भन्दै एक्जिट पोलिसीसहितको प्रतिवेदन महासमिति बैठकमा पेस गरेका थिए। शर्माले पेस गरेको उक्त प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेन। ‘महामन्त्रीको सम्मानका लागि विधान संशोधन समितिमा पछि छलफल गर्ने भनिएको छ,’ एक नेताले भने, ‘लोकरिझ्याइँका लागि ल्याइएको प्रस्तावलाई पार्टीले स्वीकार गर्ने अवस्था थिएन, छैन।’

केन्द्रीय समितिको आइतबारको बैठकमा महामन्त्री शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री आफू नबनेर समकालीन अर्कै नेतालाई बनाउन आग्रह गरे। ‘एक सभापतिको त्याग देखिन्छ । दुई उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ। 

तीन २०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ शर्मालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ। तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न।’

महामन्त्री शर्मालाई तुरुन्त जवाफ फर्काउँदै सभापति देउवाले प्रधानमन्त्रीसहितका कुनै पनि पद त्याग नगर्ने बताए। कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भइसकेको जनाउँदै देउवाले भनेका थिए, ‘तपाईंले प्रधानमन्त्री त्याग गर भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो । तर कसैले छोड् अब भन्दैमा मैले छाड्नुपर्छ भन्ने छैन नि!’

महामन्त्री थापाले २०८४ सालमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने प्रस्ताव महासमिति बैठकमा राखेका थिए। तर केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा मौन बसेको छ। आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने गरी संगठन निर्माणमा लाग्ने निर्णय गरेको छ।

महामन्त्री थापाले पार्टी संगठनलाई थप ऊर्जाशील बनाउँदै कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पाटीका रूपमा पुनः स्थापित गर्ने केन्द्रीय समिति बैठकमा बताए । ‘हामी आफ्नै तागतले निर्वाचन लड्नेछौं,’ थापाले बैठकमा भने, ‘हाम्रा नेता तथा कार्यकर्ताहरूलाई पार्टीको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’ 

महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने काम अहिलेसम्म नगरेको कांग्रेसले आगामी आम निर्वाचनमा बहुमत ल्याउने गरी संगठन परिचालनको ठोस कार्ययोजना र कार्यक्रम भने बैठकबाट ल्याएको छैन। केन्द्रीय समितिले महासमिति बैठक सम्पन्न भएको ६ महिनापछि त्यहाँ पेस भएका प्रतिवेदनहरू संशेधनसहित पारित गरेको छ। कांग्रेस महासमित बैठक फागुन १० गते ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो । यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending