Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए

घटनाको छानविन गर्न माओवादी केन्द्रको माग

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु वाहिरिएका छन ।

आइतबार विहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटर्साइकल दुर्घटना भएको पारम्भिक निष्कर्ष निकालिएको थियो ।

परिवारवाट नियोजित हत्या नै भएको दावी गरिरहेको वेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रसस्त आधारहरु भएको स्थानियहरुले बताएका छन ।

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षती पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएतापनी खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरुले  घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ ।

सोमबार भएको पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

 छातिमा केही निलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमा समेत उल्लेख गर्नुले आशंका गर्ने कयौ ठाउँहरु देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले वताए ।

मृतक यादव  माओवादी केन्द्र निकट थिए । उन्ले यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रवाट नै निर्वाचित भएका थिए ।

घटनाको छानविन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उन्को मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दवाव बढाएको छ ।

आज एक पत्रकार सम्मेलनका विच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दावी सहित विभिन्न आधारहरु सार्वजनिक गरेको छ ।

पार्टीका महोत्तरी  इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ । मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको वताउदै सुक्ष्म अध्यण गर्दा हत्या भएको नै प्रतित हुने इन्चार्ज खडकाले वताए  ।

मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदिय दलका नेता भारत साह, केन्द्रिय सदस्य भवानी थापा सहितको  उपस्थितिमा  भएको पत्रकार सम्मेलनमा अन्यन्त्रवाट घटना घटाएर अपराधीले दुर्घटनाको नाटक गरेको वताईएको छ । घटनास्थलको पकृति हेर्दा हत्या नै गरेको दावी सहित माओवादी केन्द्रले ८ वटा आधारहरु सार्वजनिक गरेको छ । मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, लासको पकृति हेर्दा कसैले सुताए जस्तो देखिनु, जुत्ता, मोबाईल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजित जस्तो देखिनु, मोटरसाइकल ठोकिएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिएतापनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाईलमा शकास्पद फोन आउनु जस्ता आधारहरुले हत्या नै गरेको दावी माओवादी केन्द्रको छ ।

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथी बुटले हानेको जस्तो निसान र निलडाम देखिएको माओवादी मधेश प्रदेश संसदिय दलका नेता भारत साहले वताए । पोष्टमार्टम रिपोर्टमा सग्लन चिकित्सकसँग उदृढ गर्दै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले छातीमा ५० एमएल आन्तरिक रगत  बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नु घटना दुर्घटना नभईकन शतप्रतिशत हत्या नै भएको दावी गरे ।

श्रीमतीलाई आज घर ढिलो आउछु भनेर फोन गरेका मुकेश सधैका लागि फर्किएनन

आईतवार राति आज घर ढिलो आउछु  भनेर दिएको सुचना श्रीमती आईती यादव अहिले पनि झलझल्ती सम्झिरहन्छिन ।

राति अवेरसम्म पनि श्रीमान नफर्किएपछि आइतीले दर्जनौ पटक फोन गरिन तर फोन उठेन । 'रातको ११ बजे हुनुपर्छ संजिव झा की श्रीमतीले फोन गरिन र मुकेश आफ्ना श्रीमानसँग भएको वताईन ।' यादवले भनिन । 'त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।'

संजिव झाले सम्सिमा संगम होटल संचालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरु बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटल संचालनमा समेत प्रतिबन्ध लगाएको थियो ।

उनी जेलमा परेपछि पनि मुकेश पटक-पटक भेटन गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन् सक्ने मृतकका दाजु सतेन्द्र यादवले वताए । १६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उनीहरुको दुरी केही समयदेखि टाढिएको परिवारले वताएका छन ।

आईतवार राति पनि मुकेश संजिव झा, दिलिप मण्डल र तिन जना महिलाहरु बसेर बर्दिवास-८ स्थित राजु होटलमा खाजा समेत खाएको फेला परेको छ । खाजा खाएपछि महिला र दुई पुरुष बर्दिवासस्थित एमडी स्टार होटलमा आएको होटल संचालकले वताएका छन ।

दूई महिला मध्ये एक महिला भने संगम होटलमा प्रहरीले छापा हान्दा आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन ।  यी सवै पृष्ठभूमि हत्यासँग जोडिएको र योजनावद्व ढंगले हत्या गरिएको परिवार पक्षको दावी छ । मृतक यादवको हक्की स्वभाव र प्रतिस्पर्धात्मक क्षमताका कारणले मृत्यु राजनीतिसँग समेत जोडिएको हुन सक्ने आकलन गरेका छन ।

घटनाको थप खोजविन गरेर सत्यतथ्य वाहिर ल्याउने पनि माओवादी केन्द्रले प्रतिवद्वता जनाएको छ । यस्को लागि केन्द्र, प्रदेश र जिल्लामा प्रहरीहरुलाई तथ्यहरु दिएर अनुसन्धान अगाडी बढाउँन गम्भीर ध्यानाकर्षण गराएको इन्चार्ज खडकाले जानकारी दिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending