काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले गौरा पर्वका अवसरमा टुँडिखेलमा विरोध प्रदर्शन गरेर पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले अराजकता र उश्रृंखलाको नाम दिएर भिडियो फुटेजहरू स्क्रिनिङ गरी–गरी युवाहरू पक्राउ गरिएकाले तत्काल उनीहरूलाई रिहा गर्न सांसद ढकालले माग गरेका हुन्।
राज्यले युवाले राखेको विरोधका बोलीहरू सुन्नसक्ने धैर्य राख्नुपर्ने भन्दै उनले भने, ‘स्वदेशमा अवसर र रोजगारीबाट बञ्चित बनाइएको ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। म ती युवाहरूको तत्काल रिहाइको माग गर्न चाहन्छु।’
साथै उनले विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरू समातिएको भन्दै कमिलको प्वाँख पलाउने बेलाको जस्तो नहोस् भन्दै सचेत समेत गराए।
‘कमिलाको उड्नेबेलामा प्वाँख पलाउँछ, यस्तै नहोस्। हामी पनि यस विषयमा संवेदनशील छौँ तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ,’ उनले थपे, ‘गृहमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ गौरा पर्वमा आएका युवाहरूलाई समाउने हो भने टुँडिखेल भरी आएका सबै युवा समाउनुपर्ने उनको माग छ।
उनले अगाडि भने, ‘त्यसरी समाउन क्यामेराले भेट्या थिएन होला? के गर्नुहुन्छ? युवालाई त्रसित नबनाउनुस्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - २१:३४
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...
बैशाख ११ गते, २०८३ - २१:२५
काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ...
बैशाख ११ गते, २०८३ - २१:१३
काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...
बैशाख ११ गते, २०८३ - २१:०६
काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...
बैशाख ११ गते, २०८३ - २१:०४
काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...
बैशाख ११ गते, २०८३ - १९:२५
काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...
बैशाख ११ गते, २०८३ - १९:०८
पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...
बैशाख ११ गते, २०८३ - १९:०३
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...
बैशाख ११ गते, २०८३ - १८:५८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...
बैशाख ११ गते, २०८३ - १८:५६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...


प्रतिकृया लेख्नुहोस्: