काठमाडौं । नेपाली सेनाका विवादित बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति पदमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम विवादित सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।
उनी २०८१ भदौ २४ गतेबाट लागू हुने गरी सेनाको प्रधान सेनापति पदमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सिग्देल दोहोरो नागरिकता र उमेर विवादमा तानिएका सेनाका अधिकारी हुन्। यसअघिका प्रधानसेनापति प्रभुराम शर्माको जोडबलमा उनी प्रधानसेनापति बनेका हुन्।
गतवर्ष उपरथीबाट रथीमा बढुवाका लागि सिफारिस भएपछि उमेरमा कीर्ते भएको भन्दै २०८० मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिग्देलविरुद्ध उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।
शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक(फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो। त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप पनि सिग्देलमाथि छ।
उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको थियो।
तर, सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।
यसबारे रक्षा मन्त्रालयका तत्कालीन प्रवक्ता प्रकाश पौडेलले शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति रहेको कागजातहरू उपलब्ध भएको बताएका थिए। उनका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा पनि २०२३ माघ १९ गते नै छ।
सिग्देलविरुद्ध २०७६ सालमा मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। उक्त उजुरीमाथि मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो।
तर उक्त समितिले ढड्डामा लेख्दा गल्ती भएकाले ढड्डामा भएको मिति सच्याउन भनिएको थियो। त्यसअनुसार उनलाई सफाइ दिएर ढड्डाको मिति सच्याइएको थियो।
यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डेको जन्ममिति विवाद बाहिरिएको थियो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक पाइएको भन्दै मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। पाण्डेमाथि छानबिन हुनेभएपछि उनले २०८० कात्तिक २४ गते राजीनामा दिएका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: