नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको सो कार्यालयले चालु आर्थिक वर्षको २०८१औ०८२ को पहिलो महिना साउनमा पनि निर्धारित लक्ष्य प्राप्त गर्न सकेन ।
साउन महिनामा लक्ष्यभन्दा २३ प्रतिशत कम राजश्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८१-०८२ को साउन महिनाका लागि कुल दुई अर्ब चार करोड १४ लाख ६६ हजार रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपियाँ असुली भएको बताए । सो असुली लक्ष्यको ७३.६७ प्रतिशत मात्रै हो ।
राजश्व सङ्कलनको लक्ष्य नै बढी निर्धारण गरिँदा गत केही वर्षदेखि लक्ष्य अनुसार असुली हुन नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाइ छ । गत आर्थिक वर्षमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब घटाइएको छ । तर अहिलेको लक्ष्य पनि धेरै बढी राखिएको भन्सारका कर्मचारीहरू बताउँछन् ।
गत आर्थिक वर्ष २०८०-८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा चालु आर्थिक वर्षका लागि २७ अर्ब बढी लक्ष्य तोकिनु नै तर्कसङ्गत नभएको उनीहरूको भनाइ छ ।
विगतको असुली मूल्याङ्कन नगरी आगामी वर्षका लागि लक्ष्य निर्धारण गर्दा गत केही वर्षदेखि राजश्व असुलीले लक्ष्य भेटाउन नसकेको देखिएको छ । आर्थिक वर्ष २०७९-८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको सो भन्सार कार्यालयले लक्ष्यको ६२।०५ प्रतिशत अर्थात् १८ अर्ब १९ करोड बढी मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८-०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व असुली भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: