तम्घास। गुल्मीका चार पालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विगत तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ ।
भदौ १० गते हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरदेखी धुर्कोट वस्तुमा रहेको सव–स्टेशनसम्म जाने ३३ केभिको लाइनमा क्षती पुगेसँगै चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ ।
विद्युत मर्मतको कार्य भइरहेको र अहिलेसम्म उनायचौरको विद्युत स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र गुल्मीका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए। कार्यालयले जति सक्दो छिटो विद्युत सेवा सुचारु गर्नका लागि प्राविधिकसहितको टोली लागेको उनको भनाइ छ । कार्यालयमा भएको जनशक्ति सबै खटेर विद्युत मर्मतको कार्य भइरहेकाले धैर्य गर्न कार्यालयले आग्रह समेत गरेको छ।
गुल्मीको पश्चिमी भेगमा विरवासबाट उनायचौर हुँदै वस्तु सव स्टेशनसम्म विद्युत पु¥याइएको छ । वस्तु सव–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपूर्ति भइरहेको कार्यालयले जनाएको छ । विगत तीन दिनदेखि विद्युत नहुँदा यहाँका स्थानीय अन्धकारमा वस्न बाध्य हुनुका साथै मोवाइल चार्ज र इन्टरनेट सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयहरुले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १०:०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बै...
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...



प्रतिकृया लेख्नुहोस्: