Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने

पोखरा र भैरहवाबाट उडान अनिवार्य

खबरडबली संवाददाता

काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ११ असोज ९२७ सेप्टेम्बर०बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने कम्पनीमा ३३ प्रतिशत उडान कटौती गर्नुपर्ने भएको छ । त्यसका लागि यो विमानस्थलबाट उडान गर्ने सबै वायुसेवालाई पत्राचार गरेर ४० प्रतिशत उडान रिसेड्युल गर्न अनुरोध गरेको छौं ।

काठमाडौंमा कटौती गर्नुपर्ने उडानमध्ये पोखरा र भैरहवाबाट गर्न आग्रसहित पत्राचार गरेको भुलले बताए । उनले भने ‘उक्त समयमा धावनमार्ग अवरुद्ध हुने भएकोले सञ्चालन समय समेत घट्ने छ । त्यो समयमा काठमाडौंबाट हुन नसक्ने उडानमध्ये कम्तिमा १० प्रतिशत पोखरा र २० प्रतिशत भैरहवाबाट गर्ने गरी उडान व्यवस्थापनको तालिका मिलाउन पनि सम्बन्धित वायुसेवालाई प्राधिकरणले पत्रचार गरेको छ ।

हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ ।

धावनमार्ग बन्द हुँदा ४ वटा उडान तालिका भएका वायुसेवाले २ वटा काठमाडौं बाहिरबाटगर्नुर्ने हुन्छ । प्राधिकरणका अनुसार अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।

यो अवधिमा काठमाडौंबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायुसेवाको लागि अतिरिक्त उडानसमेत बन्द हुने छ । प्राधिकरणले काठमाडौं विमानस्थलको चाप घटाउन र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न काठमाडौं बाहिर उडान गराउनैपर्ने बाध्यात्मक अवस्था आएकोले उडानमा सहजीकरण गर्न खोजेको हो । यो बाध्यात्मक उडानसँगै प्राधिकरणले पोखरा र भैरहवाबाट हुने उडानमा शतप्रतिशत छुट दिएर उडान गराएर ती दुबै विमानस्थसमेत सञ्चालन गर्ने रणनीति बनाउने भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE