काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ शनिबार मध्यरातिदेखि काठमाडौंमा ‘ग्राउन्डेड’ हुँदा आइतबार कम्तीमा २ सय ६० यात्रु अलपत्र परेका छन् ।
१ सय ३ यात्रु लिएर आइतबार राति १० बजे मलेसियाको क्लालालम्पुर उड्नुपर्ने जहाजमा उड्न उताबाट १ सय ५६ यात्रुले टिकट खरिद गरेका थिए । दुवैतिरका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले न्यारोबडी बिग्रिएपछि अलपत्र यात्रुलाई अन्य वायुसेवाबाट गन्तव्यमा पठाउने र अर्को दिनका लागि टिकट सार्ने काम भइरहेको बताए । ‘शनिबार रातिदेखि ग्राउन्डेड न्यारोबडीको स्पेयर पार्ट्स अमेरिकाबाट एजेन्टले मंगलबार बिहान पठाउँदै छ । त्यही दिन जहाज मर्मत गरी उडानमा फर्काइनेछ,’ उनले भने ।
निगमका एक इन्जिनियरका अनुसार, शनिबार राति हङकङबाट फर्केपछि पाइलटहरूले न्यारोबडीको इन्धनसँग सम्बन्धित आईजीएस ९ग्यास सिस्टम० मा खराबी भएकाले उडान गर्न नमिल्ने टिपोट जहाजको लगबुकमा लेखिदिएका थिए । ‘जहाज उडानमा रहेका बेला इन्धन सकिँदै जाँदा ट्यांकको खाली भागमा अक्सिजन भर्न नदिने ग्याससँग सम्बन्धित समस्या १० दिनअघि देखा परेको थियो,’ ती इन्जिनियरले भने, ‘जहाज उत्पादक कम्पनीले दिएको एमईएल (मिनिमम इक्विपमेन्ट लिस्ट) को सुविधाअनुसार बिग्रिएको उपकरण १० दिनभित्र अनिवार्य फेर्नुपर्छ ।’
निगमले यो जानकारी हुँदाहुँदै पनि बिग्रिएको उपकरण बेलैमा नफेरेको विषयमा इन्जिनियरिङ विभाग प्रमुखलाई स्पष्टीकरण सोधेको ती इन्जिनियरले बताए । निगमसँग चारवटा जेट विमान छन् । एउटा वाइडबडी अन्नपूर्ण ‘सी–चेक’ का लागि दुई महिनाअघि इटाली पठाइएको छ ।
अर्को वाइडबडी मकालु बुधबार इटाली पठाउने तयारी छ । उक्त वाइडबडीलाई अब ४७ घण्टाभन्दा बढी व्यावसायिक उडानमा राख्न नमिल्ने भएकाले फारो गरेर जापानको नारिताका लागि मंगलबार एउटा मात्रै उडान राखिएको छ । दुई वटा जहाज ‘ग्राउन्डेड’ र अर्को एक उडानपछि ‘ग्राउन्डेड’ हुने भएकाले आइतबार निगमले गर्दै आएका दिल्ली र मलेसियाका नियमित उडान लुम्बिनी नाम भएको न्यरोबडीमाथि थोपरिए । तर लुम्बिनीले मलेसियाको रातिको उडान रद्द गरेको छ ।
दिउँसो २ बजे गर्नुपर्ने मुम्बईको उडान आइतबार ६ घण्टा ढिलो काठमाडौंबाट उड्यो । ‘यो उडान ढिलो भएका कारण मुम्बईबाट तेस्रो मुलुक जानुपर्ने १३ यात्रुको उताबाट जहाज छुट्ने भयो । त्यसैले उनीहरू काठमाडौंमै रोकिएका छन्,’ निगमका एक निर्देशकले बताए ।
न्यारोबडी विमान लुम्बिनीको राति ११ बजेको दुबई उडानलाई आइतबार राति साढे २ बजे गर्ने तालिका राखिएको छ । यो समाचार तयार पार्दासम्म (राति १०ः३० बजे) जहाज मुम्बईमा अवतरण भइसकेको थिएन । दुबईबाट फर्केपछि सोमबार बिहान ११ बजेको बैंकक उडान यसै जहाजबाट दिउँसो १ बजेका लागि सारिएको छ । जहाज र पाइलट अभावले निगमले दैनिक दुईवटा गर्ने दिल्ली उडानलाई गाभ्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: