Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ ‘ग्राउन्डेड’, २६० यात्रु अलपत्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ शनिबार मध्यरातिदेखि काठमाडौंमा ‘ग्राउन्डेड’ हुँदा आइतबार कम्तीमा २ सय ६० यात्रु अलपत्र परेका छन् ।

१ सय ३ यात्रु लिएर आइतबार राति १० बजे मलेसियाको क्लालालम्पुर उड्नुपर्ने जहाजमा उड्न उताबाट १ सय ५६ यात्रुले टिकट खरिद गरेका थिए । दुवैतिरका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले न्यारोबडी बिग्रिएपछि अलपत्र यात्रुलाई अन्य वायुसेवाबाट गन्तव्यमा पठाउने र अर्को दिनका लागि टिकट सार्ने काम भइरहेको बताए । ‘शनिबार रातिदेखि ग्राउन्डेड न्यारोबडीको स्पेयर पार्ट्स अमेरिकाबाट एजेन्टले मंगलबार बिहान पठाउँदै छ । त्यही दिन जहाज मर्मत गरी उडानमा फर्काइनेछ,’ उनले भने ।

निगमका एक इन्जिनियरका अनुसार, शनिबार राति हङकङबाट फर्केपछि पाइलटहरूले न्यारोबडीको इन्धनसँग सम्बन्धित आईजीएस ९ग्यास सिस्टम० मा खराबी भएकाले उडान गर्न नमिल्ने टिपोट जहाजको लगबुकमा लेखिदिएका थिए । ‘जहाज उडानमा रहेका बेला इन्धन सकिँदै जाँदा ट्यांकको खाली भागमा अक्सिजन भर्न नदिने ग्याससँग सम्बन्धित समस्या १० दिनअघि देखा परेको थियो,’ ती इन्जिनियरले भने, ‘जहाज उत्पादक कम्पनीले दिएको एमईएल (मिनिमम इक्विपमेन्ट लिस्ट) को सुविधाअनुसार बिग्रिएको उपकरण १० दिनभित्र अनिवार्य फेर्नुपर्छ ।’

निगमले यो जानकारी हुँदाहुँदै पनि बिग्रिएको उपकरण बेलैमा नफेरेको विषयमा इन्जिनियरिङ विभाग प्रमुखलाई स्पष्टीकरण सोधेको ती इन्जिनियरले बताए । निगमसँग चारवटा जेट विमान छन् । एउटा वाइडबडी अन्नपूर्ण ‘सी–चेक’ का लागि दुई महिनाअघि इटाली पठाइएको छ ।

अर्को वाइडबडी मकालु बुधबार इटाली पठाउने तयारी छ । उक्त वाइडबडीलाई अब ४७ घण्टाभन्दा बढी व्यावसायिक उडानमा राख्न नमिल्ने भएकाले फारो गरेर जापानको नारिताका लागि मंगलबार एउटा मात्रै उडान राखिएको छ । दुई वटा जहाज ‘ग्राउन्डेड’ र अर्को एक उडानपछि ‘ग्राउन्डेड’ हुने भएकाले आइतबार निगमले गर्दै आएका दिल्ली र मलेसियाका नियमित उडान लुम्बिनी नाम भएको न्यरोबडीमाथि थोपरिए । तर लुम्बिनीले मलेसियाको रातिको उडान रद्द गरेको छ ।

दिउँसो २ बजे गर्नुपर्ने मुम्बईको उडान आइतबार ६ घण्टा ढिलो काठमाडौंबाट उड्यो । ‘यो उडान ढिलो भएका कारण मुम्बईबाट तेस्रो मुलुक जानुपर्ने १३ यात्रुको उताबाट जहाज छुट्ने भयो । त्यसैले उनीहरू काठमाडौंमै रोकिएका छन्,’ निगमका एक निर्देशकले बताए ।

न्यारोबडी विमान लुम्बिनीको राति ११ बजेको दुबई उडानलाई आइतबार राति साढे २ बजे गर्ने तालिका राखिएको छ । यो समाचार तयार पार्दासम्म (राति १०ः३० बजे) जहाज मुम्बईमा अवतरण भइसकेको थिएन । दुबईबाट फर्केपछि सोमबार बिहान ११ बजेको बैंकक उडान यसै जहाजबाट दिउँसो १ बजेका लागि सारिएको छ । जहाज र पाइलट अभावले निगमले दैनिक दुईवटा गर्ने दिल्ली उडानलाई गाभ्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE