काठमाडौं । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त बसबाट अहिलेसम्म ३९ जनालाई निकालिएको छ ।
ती मध्ये १६ जनाको मृत्यु भएको र २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले जनकारी दिए ।
घाईतेमध्ये गम्भीर अवस्थाका १२ जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । एक जनालाई चितवन मेडिकल कलेज लगिएको छ । बाँकी १० जनाको आँबु खैरेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरबाट काठमाडौं ल्याइएकालाई त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुर्याइसकिएको छ । बसमा ४१ यात्रु र बसमा २ स्टाफ गरी जम्मा ४३ जना रहेको खुलेको छ । दुर्घटनामा परेको बस भारतको महाराष्ट्र प्रान्तको जलगाउँ जिल्लाको भुसाल तालुकाका हुन् ।
१८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् ।
उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित होटेल स्पोर्टस्मा २ दिन बसेको होटेलका सञ्चालक काशी पाण्डेले जानकारी दिए । उनीहरू काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: