Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अनशन बसेर कमला पुल बन्दैनः भौतिक मन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अनशन बसेर कमला पुल निर्माणसम्बन्धी समस्या हल नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले अनशन बसेर समस्या हल नहुने बताउँदै छलफलमा आउन आग्रह गरेका हुन्।

सञ्चालनमा आउनुअगावै पुल भासिने कारणको दोषी को हुन् भनेर उनले प्रश्न गरे। मन्त्री दाहालले भने,‘डिजाइन एन्ड विल्ड विधिबाट ठेक्का लागेको हो। पुल दुईतिरबाटै भासिएको अवस्था छ। यसको जिम्मा कसले लिनेरु मन्त्रीको हैसियतले सोध्न चाहन्छु। पुल किन भासियो भन्ने प्रश्न छ।’

उनले भासिएको पुलको मर्मत निर्माण व्यवसायीले नै गर्नुपर्ने उल्लेख गरेका छन्। दाहालले भने,‘त्यही निर्माण व्यवसायीले मर्मतको काम गर्नुपर्ने हो। काम लगाउन गइरहेका छौँ। अनशन बसेर समस्याको समाधान हुनेवाला छैन।’

पुल मर्मत प्रक्रिया अगाडि बढाउनका लागि निर्माण व्यवसायी, आयोजना प्रमुखलगायतसँग आफू छलफल गर्न गइरहेको उनले जानकारी दिए। दाहालले समस्या समाधान गर्न अनशन तोडेर छलफलमा आउन आग्रह गरे। उनले कमल पुलको समस्या ठूलो भएकाले गम्भीरतापूर्वक लिएको बताए।

बीमा कम्पनीले निर्माण व्यवसायीलाई क्षतिपूर्तिवापतको रकम उपलब्ध नगराउँदा समस्या निम्तिएको उनको भनाइ छ। मन्त्री दाहालले भने,‘बीमावालाले पैसा दिनुपर्छ। बीमावालाले पैसा दिएको छैन, त्यसैले समस्या आएको छ।’

हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा आउनअगावै तीन वर्षअघि भासिएको थियो। तीन वर्षअघि भासिएको पुल अझै मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

पुल मर्मतमा सरकारले चासो नदिएपछि युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय गेट नजिक पछिल्लो तीन दिनदेखि आमरण अनशनमा बसिरहेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई सात दिनको अल्टिमेटम दिँदै उनीहरू अनशनमा बसेका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE