Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अनशन बसेर कमला पुल बन्दैनः भौतिक मन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अनशन बसेर कमला पुल निर्माणसम्बन्धी समस्या हल नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले अनशन बसेर समस्या हल नहुने बताउँदै छलफलमा आउन आग्रह गरेका हुन्।

सञ्चालनमा आउनुअगावै पुल भासिने कारणको दोषी को हुन् भनेर उनले प्रश्न गरे। मन्त्री दाहालले भने,‘डिजाइन एन्ड विल्ड विधिबाट ठेक्का लागेको हो। पुल दुईतिरबाटै भासिएको अवस्था छ। यसको जिम्मा कसले लिनेरु मन्त्रीको हैसियतले सोध्न चाहन्छु। पुल किन भासियो भन्ने प्रश्न छ।’

उनले भासिएको पुलको मर्मत निर्माण व्यवसायीले नै गर्नुपर्ने उल्लेख गरेका छन्। दाहालले भने,‘त्यही निर्माण व्यवसायीले मर्मतको काम गर्नुपर्ने हो। काम लगाउन गइरहेका छौँ। अनशन बसेर समस्याको समाधान हुनेवाला छैन।’

पुल मर्मत प्रक्रिया अगाडि बढाउनका लागि निर्माण व्यवसायी, आयोजना प्रमुखलगायतसँग आफू छलफल गर्न गइरहेको उनले जानकारी दिए। दाहालले समस्या समाधान गर्न अनशन तोडेर छलफलमा आउन आग्रह गरे। उनले कमल पुलको समस्या ठूलो भएकाले गम्भीरतापूर्वक लिएको बताए।

बीमा कम्पनीले निर्माण व्यवसायीलाई क्षतिपूर्तिवापतको रकम उपलब्ध नगराउँदा समस्या निम्तिएको उनको भनाइ छ। मन्त्री दाहालले भने,‘बीमावालाले पैसा दिनुपर्छ। बीमावालाले पैसा दिएको छैन, त्यसैले समस्या आएको छ।’

हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा आउनअगावै तीन वर्षअघि भासिएको थियो। तीन वर्षअघि भासिएको पुल अझै मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

पुल मर्मतमा सरकारले चासो नदिएपछि युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय गेट नजिक पछिल्लो तीन दिनदेखि आमरण अनशनमा बसिरहेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई सात दिनको अल्टिमेटम दिँदै उनीहरू अनशनमा बसेका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending