Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

युद्धविरामको प्रायसमा अमेरिका, विदेशमन्त्री ब्लिकन इजरायल पुगे

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने मिडिया रिपोर्टमा बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ ।

यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव कम गर्नु रहेको समेत उल्लेख गरिएको छ । यसअघि अगस्ट १५ र १६ मा दोहामा इजरायल, अमेरिका, कतार र इजिप्टका प्रतिनिधिबीच युद्धविरामका लागि वार्ता भएको थियो ।

हमास भने यस वार्तामा सहभागी भएन । वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौताको धेरै नजिक पुगेको बताएका थिए । यद्यपि हमासले युद्धविराम सम्झौतामा नयाँ शर्तहरू समावेश गरेकोमा विरोध गरेको छ ।

युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता इजिप्टमा हुने भएको छ । यी वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्ट प्रस्थान गरेको थियो । युद्धविरामका लागि जारी सबै प्रयासका बीच इजरायलले गाजामा गरेको कारबाहीमा कुनै कमी आएको छैन।

आइतबार मात्र गाजामा इजरायली हमलामा २५ प्यालेस्टाइनीको मृत्यु भएको, जसमा एक महिला र उनका ६ बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।

अर्कोतर्फ इजरायलले लेबनानमा पनि आक्रमण गरिरहेको छ । आइतबार दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । यस आक्रमणमा अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

आक्रमणमा मारिएका सबै सिरियाली नागरिक थिए । हिजबुल्लाहले गरेको रकेट आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका छन् ।

गत महिना जुलाई ३१ मा इरानमा हमास प्रमुख हानियाहको मृत्यु भएपछि इजरायल र इरानबीच तनाव बढेको छ । हानिया इरानी राष्ट्रपति मसुद पजाकियानको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान गएका थिए ।

इरानले हनियाको मृत्युको लागि इजरायललाई दोष दिएको थियो। यसपछि इरानका सर्वोच्च नेता खामेनीले इजरायललाई हनियाको मृत्युको बदला लिन आग्रह गरेका थिए ।

अर्कोतर्फ अमेरिकाले इजरायलको सुरक्षाका लागि मध्यपूर्वमा युद्धपोत, विमान वाहक र पनडुब्बी तैनाथ गरेको छ ।

इजरायल र हमासबीच जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार अगस्ट १५ मा यो जानकारी दिएको हो। गाजामा इजरायली हमलामा हालसम्म ९० हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending