Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै : किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झण्झट

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक। वन्यजन्तुका कारण काभ्रेपलाञ्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ ।

यहाँका किसानले पछिल्ला केही वर्षदेखि बँदेल, चितुवा, बाँदरलगायत वन्यजन्तुबाट क्षति व्यहोर्दे आएका छन् । वन्यजन्तुबाट गत आर्थिक वर्ष २०८०र८१  मा मात्र उक्त सङ्ख्याका किसानको मकैबाली नष्ट भएको छ । डिभिजन वन कार्यालय धुलिखेलका अनुसार चितुवाका कारण २२ किसानको पशुधन ९बाख्रा, बोका०मा क्षति पुगेको थियो । बेथानचोक गाउँपालिकामा सबैभन्दा बढि दुई सय ७०, पनौती नगरमा एक सय १७, भुम्लुमा १४, पाँचखाल नगरमा १२, नमोबुद्ध नगरमा ३१, चौँरीदेउरालीमा छ र धुलिखेल नगरमा सात किसानको मकैबालीमा क्षति पुगेकोे कार्यालयले जनाएको छ ।

बर्सेनि जिल्लामा वन्यजन्तुको आक्रमणबाट कृषिबाली नष्ट हुने क्रम बढिरहँदा किसानले क्षतिपूर्ति प्राप्त गर्न थप झण्झट झेल्नुपर्ने बाध्यता रहेको पाइएको छ । विगतका वर्षमा शिवपुरी राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तुबीचको द्वन्द्वका क्रममा मानवीय, अन्नबाली र पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँदै आए पनि गत आवमा प्रदेशस्थित वन निर्देशनालयले राहत उपलब्ध गराउने निर्णय गरे पनि हालसम्म राहत रकम उपलब्ध हुन नसकेको हो । कार्यालयले राहत रकम प्राप्त गर्न बैंक खाता नम्बर र प्यान नम्बर माग गरेका कारण किसानले समयमै नै राहत पाउन नसकेका हुन् ।

यस्तै किसानले समयमै उचित क्षतिपूर्ति नपाउँदा थप पीडित बन्नुपरेको छ । प्रदेश वन निर्देशनालयले हाल किसानको प्यान नम्बर र बैंक खाता नम्बर माग गरेका कारण राहत वितरणमा ढिलाइ भएको डिभिजन वन कार्यालयका अधिकृत न्हुन्छेमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्यान नम्बर र बैंक खाता नम्बर नमिल्दा आव २०७९/८० मा अन्नबाली, पशुधनमा क्षति पुगेका एक सय ५० किसानलाई  राहत रकम वितरण गर्न सकिएको छैन । कार्यालयका अनुसार आव २०७९/८० मा ३५ पशुधन क्षतिवापत रु सात लाख ६० हजार पाँच सय, एक मानवीय क्षति ९घाइते०लाई रु ६६ हजार आठ सय तथा तीन सय ४९ किसानको अन्नबाली क्षतिवापत रु ३४ लाख ९० हजार गरी रु ४३ लाख १७ हजार तीन सय राहत रकम उपलब्ध गराइएको थियो ।

चालु आवमा भुम्लु गाउँपालिका–९ मा जङ्गली जनावरले मकैबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएपछि स्थानीय आफ्नो बालीको क्षतिको विवरणसहित वडा कार्यालय धाउन थालेका छन् । वन्यजन्तुले बालीमा क्षति पुर्याएसँगै मानिसलाई पनि खतरा हुँदै गएको स्थानीयले वडालाई जानकारी गराइसकेका छन् । वडाध्यक्ष दलबहादुर तामाङले मान्छेकै ज्यान खतरामा हुन थालिसकेको बताउनुभयो । “विशेषगरी साँझ–बिहान स्यालको आतङ्कले एक्लै हिँड्न गाह्रो हुँदै गएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल बाँदर, स्याल, दुम्सी र बँदेलबाट समस्या सिर्जित भएको हो ।

हाल बारीमा मकै फलिरहेकाले कोशीपूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकास्थित बाँदरको धेरै आतङ्क बढिरहेको छ । स्याल पनि पछिल्लो समय बढिरहेकाले कसरी समस्याको समाधान गर्ने भन्नेमा चिन्तित बनेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “निवेदनउपर गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने प्रक्रिया बढाउँछौँ ।” उहाँका अनुसार साउनमा सात किसान वन्यजन्तुबाट बालीमा क्षति पुगेको जनाउँदै आधा दर्जन निवेदन आएका छन् ।

वन कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअनुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending