Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सोलुखुम्बु बाढीः एक अर्ब रुपैयाँभन्दा बढीको क्षति

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।  गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले एउटा विद्यालयको छात्रावास, पाँचवटा होटल र सातवटा घरसहित १४ वटा भवन पूर्ण रूपमा बगाएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले विज्ञप्तिमार्फत् जनाएका छन्।

बाढीका कारण मानवीय क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत्‌प्रसाद भुसालले बताए । यद्यपि थामे आधारभूत विद्यालय भवनभित्र एकजना फसेका जानकारी भुसालको भनाई छ ।

अचानक बाढी आएपछि गाउँपालिकाले दूधकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ।

कसरी बाढी आयो
थामेको माथिल्लो भूभागमा पर्ने टासी लाप्चा पासतर्फबाट दिउँसो अकस्मात्‌ बाढी आएको हो।  के कारणले बाढी आएको हो भन्ने यकिन हुन नसकेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्।

तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले हिमपोखरी फुटेर अथवा पहिरो गएर बाढी आएको हुन सक्ने आशङ्का व्यक्त गरे।  “त्यहाँ विभिन्न हिमपोखरी छन्। हिउँ जमेको अवस्था छ। तिनीहरूमा पहिरो जाँदा अथवा हिमपोखरी फुटेर फ्ल्याश फ्लड आएको हो कि भन्ने अनुमान छ,” प्रमुख भुसालले भने। थामेमा ५५ जति घरधुरी रहेकोमा दिउँसो ती सबैमा बाढी पसेको उनले जानकारी दिए।

“पर्यटनको अफसिजन भएर धेरै मानिसहरू सो क्षेत्रमा थिएनन् र दिनको समयमा बाढी आएकोले पनि मानिसहरू निस्किन पाएर भाग्यले मानवीय क्षति हुन पाएन,” भुसालले भने। “भौतिक हिसाबले भने एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।”

हेलिकप्टर जान सकेन
बाढीप्रभावित थामे क्षेत्रमा हेलिकप्टरमार्फत्‌ जान खोज्दा प्रयास सफल हुन सकेन। “काठमाण्डूबाट हामीले हेलिकप्टर मगाएका थियौँ। तर प्रतिकूल मौसमका कारण हेलिप्टर आउन सकेन। अब भोलि शनिवार बिहानै जाने प्रयास गर्छौँ,” भुसालले भने।

बाढीपछि थामे आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीसहित ७० जना बास बस्न माथि गुम्बातर्फ गएका उनले जानकारी थिए।  “प्रधानाध्यापकसँग कुरा हुँदा अब हामी राति बासका लागि गुम्बातर्फ जाँदै छौँ। यसपछि टेलिफोन सम्पर्क नहुन सक्छ भनेर भन्नुभएको थियो,” प्रधानाध्यापकलाई उद्धृत गर्दै भुसालले भने।

गाउँपालिका कार्यालयदेखि पैदल हिँडेर १० घण्टा लाग्ने दूरीमा घटनास्थल रहेको बताइएको छ ।  जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले पनि दूधकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान आग्रह गरेको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending