सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले एउटा विद्यालयको छात्रावास, पाँचवटा होटल र सातवटा घरसहित १४ वटा भवन पूर्ण रूपमा बगाएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले विज्ञप्तिमार्फत् जनाएका छन्।
बाढीका कारण मानवीय क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसालले बताए । यद्यपि थामे आधारभूत विद्यालय भवनभित्र एकजना फसेका जानकारी भुसालको भनाई छ ।
अचानक बाढी आएपछि गाउँपालिकाले दूधकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ।
कसरी बाढी आयो
थामेको माथिल्लो भूभागमा पर्ने टासी लाप्चा पासतर्फबाट दिउँसो अकस्मात् बाढी आएको हो। के कारणले बाढी आएको हो भन्ने यकिन हुन नसकेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्।
तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले हिमपोखरी फुटेर अथवा पहिरो गएर बाढी आएको हुन सक्ने आशङ्का व्यक्त गरे। “त्यहाँ विभिन्न हिमपोखरी छन्। हिउँ जमेको अवस्था छ। तिनीहरूमा पहिरो जाँदा अथवा हिमपोखरी फुटेर फ्ल्याश फ्लड आएको हो कि भन्ने अनुमान छ,” प्रमुख भुसालले भने। थामेमा ५५ जति घरधुरी रहेकोमा दिउँसो ती सबैमा बाढी पसेको उनले जानकारी दिए।
“पर्यटनको अफसिजन भएर धेरै मानिसहरू सो क्षेत्रमा थिएनन् र दिनको समयमा बाढी आएकोले पनि मानिसहरू निस्किन पाएर भाग्यले मानवीय क्षति हुन पाएन,” भुसालले भने। “भौतिक हिसाबले भने एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।”
हेलिकप्टर जान सकेन
बाढीप्रभावित थामे क्षेत्रमा हेलिकप्टरमार्फत् जान खोज्दा प्रयास सफल हुन सकेन। “काठमाण्डूबाट हामीले हेलिकप्टर मगाएका थियौँ। तर प्रतिकूल मौसमका कारण हेलिप्टर आउन सकेन। अब भोलि शनिवार बिहानै जाने प्रयास गर्छौँ,” भुसालले भने।
बाढीपछि थामे आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीसहित ७० जना बास बस्न माथि गुम्बातर्फ गएका उनले जानकारी थिए। “प्रधानाध्यापकसँग कुरा हुँदा अब हामी राति बासका लागि गुम्बातर्फ जाँदै छौँ। यसपछि टेलिफोन सम्पर्क नहुन सक्छ भनेर भन्नुभएको थियो,” प्रधानाध्यापकलाई उद्धृत गर्दै भुसालले भने।
गाउँपालिका कार्यालयदेखि पैदल हिँडेर १० घण्टा लाग्ने दूरीमा घटनास्थल रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले पनि दूधकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: