काठमाडौं । नेपाल टेलिकमले एक वर्षमा साढे ६अर्ब रुपैयाँभन्दा माथि कमाएको छ । नेपाल टेलिकमले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार अर्थात् १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
त्यस्तै, समीक्षा अवधिको कर अवधिको मुनाफा ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवको तुलनामा यस्तो मुनाफा ४६ करोड २७ लाख ५७ हजार अर्थात् ३.९१ प्रतिशत कम हो ।
यसै गरी समीक्षा अवधिमा टेलिकमको कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको देखिन्छ । उक्त रकम अघिल्लो आवको कूल आय ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजारको तुलनामा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कम हो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको थियो । जुन समीक्षा अवधिमा १ अर्ब ८१ करोड ३ लाख १५ हजार अर्थात् ४.९९ प्रतिशतले घटेको हो । कम्पनीको प्रतिसेयर आम्दानी भने ३६ रुपैयाँ ७७ पैसा रहेको छ ।
कम्पनीका अनुसार राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरू
-ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा अघिल्लो आवको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुनु । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पर्नु,
-बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतमा वृद्धि हुनु,
-सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर पर्नु,
-सेवा सञ्चालनको लागि आवश्यक ब्यान्डविथ विगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको,
-कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको तथा सो सम्बन्धी भुक्तानीको निर्णय २०८१ वैशाखमा भए पश्चात् केही बैंकमा रहेका मुद्दती निक्षेपहरूलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरी भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कमी भएको,
-कम्पनीले योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत डिफाइन्ड बेनिफिट अब्लिगेसन को लागि राखिएको डिफाइन्ड बेनिफिट एसेस्ट मा चालु आवमा ४ अर्ब ८५ करोड रुपैयाँ रकम छुट्टाई नेपाल लेखामान १९ इम्प्लाइ बेनिफिट अनुसार Actuarial Valuation गराई खर्च लेखाङ्कन गरेको,
-कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रुपैयाँको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा डिफाइन्ड बेनिफिट एसेस्ट मा रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: