काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा प्रचण्डले जनताको अधिकारलाई थप बलियो बनाउदै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि एकताको हतियार बाहेक अरु बिकल्प नरहेको भन्दै आफु मिलेर अघि बढ्न आफु तयार रहेको बताएका हुन्।
समाजमा अराजकता फैलाउने प्रवृतिले टाउको उठाउन कोशिस गररहेकोले त्यसको प्रतिवाद गर्न लोकतन्त्रमाथि विश्वास गर्नेहरु समझदारीका साथ अघि बढ्न जरुरी रहेको उनले बताए।
त्यस्तै प्रचण्डले संविधान संशोधनको नाममा वा राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुनेमा जोड दिए। उनले पछिल्ला राजनीतिक घटना क्रममा आशंका गर्ने ठाँउ देखिएको र बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको हो भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको जिकिर गरे।
प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजा प्रसाद कोइराला नरहेपछि अर्का हस्ताक्षरकर्ता आफु शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिमसम्म पनि लागिरहने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै उनले जनयुद्धलाई नेताहरुले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाउदै संविधानसभाको व्याख्यात्मक टिप्पणीलाई नविर्सन आग्रह अनुरोध गरे।
प्रचण्डले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गरे। जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उहाको भनाइ छ । उहाले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: