काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा प्रचण्डले जनताको अधिकारलाई थप बलियो बनाउदै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि एकताको हतियार बाहेक अरु बिकल्प नरहेको भन्दै आफु मिलेर अघि बढ्न आफु तयार रहेको बताएका हुन्।
समाजमा अराजकता फैलाउने प्रवृतिले टाउको उठाउन कोशिस गररहेकोले त्यसको प्रतिवाद गर्न लोकतन्त्रमाथि विश्वास गर्नेहरु समझदारीका साथ अघि बढ्न जरुरी रहेको उनले बताए।
त्यस्तै प्रचण्डले संविधान संशोधनको नाममा वा राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुनेमा जोड दिए। उनले पछिल्ला राजनीतिक घटना क्रममा आशंका गर्ने ठाँउ देखिएको र बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको हो भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको जिकिर गरे।
प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजा प्रसाद कोइराला नरहेपछि अर्का हस्ताक्षरकर्ता आफु शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिमसम्म पनि लागिरहने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै उनले जनयुद्धलाई नेताहरुले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाउदै संविधानसभाको व्याख्यात्मक टिप्पणीलाई नविर्सन आग्रह अनुरोध गरे।
प्रचण्डले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गरे। जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उहाको भनाइ छ । उहाले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: