महोत्तरी । हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण माहायज्ञको मंगलवार समापन गरिएको छ ।
महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापन गर्ने उदेश्यले भवन निर्माणार्थ आयोजना भएको माहायज्ञ मंगलवार समापन गरिएको हो ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् । उक्त भवन शिलान्यास वुधवार नै गरिने मुल आयोजक समितिले जनाएको छ ।
देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट माहायज्ञमा २ करोड ४ लाख १ सय ८६ रुपैया संकलन भएको मूल आयोजक समितिका प्रबक्ता चेत कुमार थापाले जानकारी दिए ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएतापनि उक्त माहायज्ञको अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान संकलन भएको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमको भनाई छ ।
संकलित रकमले पारम्भिक कार्यहरु अगाडी वढाउने वताउदै २ बर्षभित्र भवन निर्माण कार्य सम्पन्न गरी उदेश्य कार्यान्वयनमा औपचारिकरुपमा अगाडी बढने र सडक मानवरहित अभियान चलाउने संयोजक गौतमले वताए ।
२१ गतेदेखि सुरु भएको हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका थिए । राज्यले गर्नुपर्ने काम नागरिकस्तरवाट नै अग्रसरता देखाएको वताउदै सहभागी जनप्रतिनिधिहरुले निर्माणका क्रममा सिर्जना हुने हरेक अभावहरुको परिपूर्ति गर्न लागिपर्ने प्रतिवद्वता जनाएका छन ।
संघिय संसद लक्ष्मी महतो कोइरीले संसद विकास कोषवाट १ करोड र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजले ३० लाख मन्त्रालयवाट विनियोजन गर्ने पनि प्रतिवद्वता जनाएका छन ।
यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: