Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लागु औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौँंसहित देशका विभिन्न स्थानबाट १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंमा अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम, नगद ३९ हजार ६ सय रुपैयाँ, डिजिटल तराजु १ थान र  मोबाइल ३ थान सहित २ जनालाई काठमाडौँबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१३ कालीमाटी बस्ने उदयपुर त्रियुगा नगरपालिका–११ घर भएका ४७ वर्षीय मनिराज राई र काठमाडौँं महानगरपालिका–१२ टेकु बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका–१० घर भएका ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् ।

यसैगरी काठमाडौंकै  टोखा नगरपालिका–९ शिवमन्दिरस्थित सडकबाट अवैध लागु औषध गाँजा १ किलो १ सय ३० ग्राम सहित नुवाकोट बेलकोटगढी नगरपालिका–११ घर भएका २२ वर्षीय युवराज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका–१ स्थित रेल्वे स्टेशनको मुलगेट नजिकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित पैदलयात्री सिराहा सिरहा नगरपालिका–१३ गमहरिया बस्ने ३३ वर्षीय अभासकर यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

चितवन, राप्ती नगरपालिका–१० किरानाटारबाट अवैध लागु औषध गाँजा ४ किलो ५७ ग्राम र नगद ८ हजार रुपैयाँ सहित कालिका नगरपालिका–११ बस्ने २२ वर्षीय मनोज चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, वीररगन्ज महानगरपालिका–१६ ईनर्वा शंकराचार्य गेट र मितेरी पुलको बिच सडकबाट अवैध लागु औषध गाँजा करिब ५ किलोग्राम सहित भारत घर भएका २८ वर्षीय करण कुमार सोनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका–१ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम, नियन्त्रित लागु औषध नाईट्राभेट ५ ट्याब्लेट र स्पास ९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, बेलका नगरपालिका–१ आम्बासीबाट अवैध लागु औषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका–९ बस्ने २४ वर्षीय प्रबिन राई र  सोही नगरपालिका–७ बस्ने २१ वर्षीय रोशन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भगलपुरबाट खटिएको प्रहरीले प्रदेश नम्बर २–०१–००३ प ७०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका–१ लौकहीस्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन  करिब १ ग्राम सहित उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका ३० वर्षीया राजमिका राई समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending