Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

श्रीमानलाई यौन सन्तुष्टि दिलाउन के गर्न पर्छ ?

खबरडबली संवाददाता

म ३५ वर्षीया विवाहित महिला हुँ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ । यसले गर्दा हाम्रो पारिवारिक जीवनमा नै दरार आउलाजस्तो भइसक्यो । यस्तो अवस्थामा म मेरो श्रीमान्लाई कसरी सन्तुष्ट पार्नसक्छु ? योनी टाइट पार्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । अधिकांश पुरुषलाई श्रीमतीले बच्चा पाएपछि उसको योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ, जसले गर्दा कतिपयको यौन जीवनमा समस्या उत्पन्न हुने गरेको छ ।   मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।

कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुने गरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई  पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सँधै लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।

समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै  योनी लचकदार हुन्छ । जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।

महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।

योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ । केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।

विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको  मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो । यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending