Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नक्कली भिसा बनाएर करोडौं ठगी आराेपमा दुईजना विरुद्ध उजुरी

खबरडबली संवाददाता

काठमाडाैं ।  वैदेशिक रोजगारमा लैजान न्युजिल्यान्डको होटलमा वेटर काम गर्ने भन्दै नक्कली भिसा र टिकट बनाएर ठगेको भन्दै सुनसरीका अजय चौधरी र काभ्रेका बुद्ध लामाविरुद्ध वैदेशिक रोजगार, अपराध अनुसन्धान विभाग र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितहरुले उजुरी दिएका छन् ।

चौधरी र काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका–६ साविक सिपाली चिलाउने गाविस ६ लेखपानी टोलका लामाले दर्जनौं व्यक्तिमार्फत नक्कली भिसा बनाउँदै करोडौं रकम असुल गरी ठगेको उजुरीमा उल्लेख गरिएको छ । नक्कली कागजात बनाउने चौधरी फरार छन् । उनीहरूले रोशी गाउँपालिका साविक सिपाली गाविस ६ घर भएका मिलन लामा लगायतका ३५ जनाभन्दा धेरैलाई प्रतिव्यक्ति ७ देखि १५ लाख रुपियाँसम्म लिएको उजुरीमा उल्लेख गरिएको छ ।

‘२०८० जेठ महिनादेखि नै मेरो आफ्नै गाउँका चिनेजानेका बुद्ध लामाले तिमीलाई वर्किङ भिसामा न्युजिल्यान्ड जान सजिलो हुन्छ । अजय चौधरीले चिनेकाले राहदानीसहितका कागजात उपलब्ध गराउँदा फरक पर्दैन भनेर विश्वास दिलाए’, पीडित मिलन लामाले भने– ‘म लगायत गाउँका अन्य केही र विभिन्न जिल्लाका व्यक्तिहरुले उनकै विश्वासमा न्युजिल्यान्ड जाने प्रयोजनका लागि रकम बुझाएका हौं । मैले पहिलो किस्ताबापत ७ लाख रुपियाँ बुद्ध लामाको सानिमा विकास बैंकको खातामा २०८० असार ५ गते जम्मा गरिदिएँ ।’

मिलनले दिनुपर्ने साढे १६ लाखमध्ये बाँकी रकम न्युजिल्यान्ड जाने दिनमा भुक्तानी गर्ने मौखिक सहमति भएको थियो । मिलनबाहेक अधिकांशले १४ लाखभन्दा धेरै रकम चौधरीलाई बुझाएका थिए । मिलनका अनुसार चौधरीलाई व्यक्तिहरु भेटाउने र जमानी बस्ने कार्य बुद्धले गर्दै आएका थिए ।

२०८० साल असार १५ गते न्युजिल्यान्ड उडाउने भन्दै चौधरीको समूहले नक्कली भिसा र टिकट सबैलाई उपलब्ध गराएको थियो । २०८१ असार १४ गते राति तत्कालका लागि २०८१ भदौ १५ गतेसम्मका लागि टिकट सरेको भने । ‘जब उनीहरुले मिति पर सारे तब हामीलाई शंका लाग्यो’, पीडित मिलनले भने– ‘न्युजिल्यान्डमा भएका साथीहरुलाई सबै कागजात पठाएर बुझ्दा थाहा भयो बुद्ध लामा र अजय चौधरीले बनाएका सबै कागजात नक्कली रहेछन् ।’

न्युजिल्याण्डको लेक हवाए होटलमा वेटर पदमा मासिक २ हजार ४ सय डलर हुने गरी पठाउने भन्दै कागजात दिएका थिए । उनीहरुले उक्त होटलका सबै कागजात नक्कली बनाएका थिए । पीडितहरुले पटक–पटक भेट्ने प्रयत्न गर्दा पनि सम्पर्कमा नआउने र वर्किङ नभए भिजिट भिसामा पठाउने भन्दै ढाँट्दै गरेको मिलनको भनाइ छ । केही पीडितले वैदेशिक रोजगार विभाग, जिल्ला अदालत काभ्रेपलाञ्चोक र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको महिनौं भइसक्यो । तर, पनि सुनुवाइ हुन सकेको छैन ।

सानिमा विकास बैंकले वैदेशिक रोजगार विभागलाई मिलन लामाले उनको खातामा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि जम्मा गरेको रकमको बैंक भौचरसहित उपलब्ध गराएको छ । प्रहरीले अनुसन्धान समेत नगरेको पीडितहरुको गुनासो छ । आरोपित बुद्ध लामाले भने आफूले कसैलाई नठगेको बताएका छन्।

‘मैले अजय चौधरीलाई चिनेको हुँ । चिनेकै आधारमा मिलन लगायतलाई अजय चौधरीका बारेमा बताएको हुँ । नक्कली कागजात अजय चौधरीले बनाएका रहेछन्’, आरोपित लामा भन्छन्– ‘मैले वैदेशिक रोजगारका नाममा ठगी गरेको छैन र होइन । गाउँकै भाइहरु पठाएर मैले किन ठग्नु रु मिलनको नामबाट मेरो खातामा जम्मा भएको पैसामध्ये केही फिर्ता गरेको छु । ‘मिलनसँग लिएको ७ लाख रकम फिर्ता गर्न तयार छु । ३ लाख फिर्ता गरिसकेको छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending