Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नक्कली भिसा बनाएर करोडौं ठगी आराेपमा दुईजना विरुद्ध उजुरी

खबरडबली संवाददाता

काठमाडाैं ।  वैदेशिक रोजगारमा लैजान न्युजिल्यान्डको होटलमा वेटर काम गर्ने भन्दै नक्कली भिसा र टिकट बनाएर ठगेको भन्दै सुनसरीका अजय चौधरी र काभ्रेका बुद्ध लामाविरुद्ध वैदेशिक रोजगार, अपराध अनुसन्धान विभाग र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितहरुले उजुरी दिएका छन् ।

चौधरी र काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका–६ साविक सिपाली चिलाउने गाविस ६ लेखपानी टोलका लामाले दर्जनौं व्यक्तिमार्फत नक्कली भिसा बनाउँदै करोडौं रकम असुल गरी ठगेको उजुरीमा उल्लेख गरिएको छ । नक्कली कागजात बनाउने चौधरी फरार छन् । उनीहरूले रोशी गाउँपालिका साविक सिपाली गाविस ६ घर भएका मिलन लामा लगायतका ३५ जनाभन्दा धेरैलाई प्रतिव्यक्ति ७ देखि १५ लाख रुपियाँसम्म लिएको उजुरीमा उल्लेख गरिएको छ ।

‘२०८० जेठ महिनादेखि नै मेरो आफ्नै गाउँका चिनेजानेका बुद्ध लामाले तिमीलाई वर्किङ भिसामा न्युजिल्यान्ड जान सजिलो हुन्छ । अजय चौधरीले चिनेकाले राहदानीसहितका कागजात उपलब्ध गराउँदा फरक पर्दैन भनेर विश्वास दिलाए’, पीडित मिलन लामाले भने– ‘म लगायत गाउँका अन्य केही र विभिन्न जिल्लाका व्यक्तिहरुले उनकै विश्वासमा न्युजिल्यान्ड जाने प्रयोजनका लागि रकम बुझाएका हौं । मैले पहिलो किस्ताबापत ७ लाख रुपियाँ बुद्ध लामाको सानिमा विकास बैंकको खातामा २०८० असार ५ गते जम्मा गरिदिएँ ।’

मिलनले दिनुपर्ने साढे १६ लाखमध्ये बाँकी रकम न्युजिल्यान्ड जाने दिनमा भुक्तानी गर्ने मौखिक सहमति भएको थियो । मिलनबाहेक अधिकांशले १४ लाखभन्दा धेरै रकम चौधरीलाई बुझाएका थिए । मिलनका अनुसार चौधरीलाई व्यक्तिहरु भेटाउने र जमानी बस्ने कार्य बुद्धले गर्दै आएका थिए ।

२०८० साल असार १५ गते न्युजिल्यान्ड उडाउने भन्दै चौधरीको समूहले नक्कली भिसा र टिकट सबैलाई उपलब्ध गराएको थियो । २०८१ असार १४ गते राति तत्कालका लागि २०८१ भदौ १५ गतेसम्मका लागि टिकट सरेको भने । ‘जब उनीहरुले मिति पर सारे तब हामीलाई शंका लाग्यो’, पीडित मिलनले भने– ‘न्युजिल्यान्डमा भएका साथीहरुलाई सबै कागजात पठाएर बुझ्दा थाहा भयो बुद्ध लामा र अजय चौधरीले बनाएका सबै कागजात नक्कली रहेछन् ।’

न्युजिल्याण्डको लेक हवाए होटलमा वेटर पदमा मासिक २ हजार ४ सय डलर हुने गरी पठाउने भन्दै कागजात दिएका थिए । उनीहरुले उक्त होटलका सबै कागजात नक्कली बनाएका थिए । पीडितहरुले पटक–पटक भेट्ने प्रयत्न गर्दा पनि सम्पर्कमा नआउने र वर्किङ नभए भिजिट भिसामा पठाउने भन्दै ढाँट्दै गरेको मिलनको भनाइ छ । केही पीडितले वैदेशिक रोजगार विभाग, जिल्ला अदालत काभ्रेपलाञ्चोक र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको महिनौं भइसक्यो । तर, पनि सुनुवाइ हुन सकेको छैन ।

सानिमा विकास बैंकले वैदेशिक रोजगार विभागलाई मिलन लामाले उनको खातामा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि जम्मा गरेको रकमको बैंक भौचरसहित उपलब्ध गराएको छ । प्रहरीले अनुसन्धान समेत नगरेको पीडितहरुको गुनासो छ । आरोपित बुद्ध लामाले भने आफूले कसैलाई नठगेको बताएका छन्।

‘मैले अजय चौधरीलाई चिनेको हुँ । चिनेकै आधारमा मिलन लगायतलाई अजय चौधरीका बारेमा बताएको हुँ । नक्कली कागजात अजय चौधरीले बनाएका रहेछन्’, आरोपित लामा भन्छन्– ‘मैले वैदेशिक रोजगारका नाममा ठगी गरेको छैन र होइन । गाउँकै भाइहरु पठाएर मैले किन ठग्नु रु मिलनको नामबाट मेरो खातामा जम्मा भएको पैसामध्ये केही फिर्ता गरेको छु । ‘मिलनसँग लिएको ७ लाख रकम फिर्ता गर्न तयार छु । ३ लाख फिर्ता गरिसकेको छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending