Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

रुवाण्डाका नवनिर्वाचित राष्ट्रपतिद्वारा चौथो कार्यकालका लागि शपथ ग्रहण

खबरडबली संवाददाता

रुवाण्डा। रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले चौथो कार्यकालका लागि रुवाण्डाको राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेको छन् ।

आफ्नो उद्घाटन मन्तव्यमा कागामेले समारोहलाई नवीकरण र कृतज्ञताको दिनको रूपमा वर्णन गरे। विगत तीन दशकमा रुवाण्डाको प्रगतिलाई प्रतिविम्बित गर्दै कागामेले अपेक्षाभन्दा धेरै उपलब्धि हासिल भएको उल्लेख गरे। कागामेले विगत ३० वर्षदेखि काम अघि बढेको बताउँदै अब भविष्यमा ध्यान केन्द्रित भएकोमा जोड दिए।

कागामेले विशिष्ट परिस्थिति र नागरिकका अपेक्षाहरू पूरा गर्न राजनीतिक र शासन प्रणालीलाई अनुकूलन गर्ने आवश्यकतालाई विनम्र स्वीकार गर्न आह्वान गरे। जुलाई १५ मा भएको राष्ट्रपतीय निर्वाचनमा करिव ९० लाख रुवाण्डावासीले मतदान गरेका थिए ।

गत महिनाको अन्त्यमा जारी अन्तिम नतिजा अनुसार सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) को प्रतिनिधित्व गर्ने कागामेले ९९.१८ प्रतिशत मत ल्याएर चुनाव जितेको थिए ।

उहाँका प्रतिद्वन्द्वी रुवाण्डाको विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टीका फ्रान्क हबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानाले क्रमशः ०.५० प्रतिशत र ०.३२ प्रतिशत मत प्राप्त गर्नुभयो । उहाँ सन् २००३, २०१० र २०१७ को राष्ट्रपति चुनावमा पुनः निर्वाचित भएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...

सिंहदरबार प्रवेश गर्न नदिएपछि गेटमै धर्ना बसेका निहारिका र बिनु को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...

बजेट विवाद मिलाउन मुख्यमन्त्रीको सक्रियता

धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् ।  सत...

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद सवारी पार्किङ, क्रेन लगाएर उठाइयो

काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...

नयाँ प्रणालीबाट ई–पासपोर्ट छपाइ सुरु, पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापियो

काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...

गणेश नेपाली आत्मदाह प्रकरण: परिवारले प्रहरीमा जाहेरी दिंदै

काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...

महाकाली किनारमा देखिएका तीन हात्ती निकुञ्ज फर्किए

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending