भोजपुर । पछिल्लाे समय भोजपुरमा व्यावसायिक कृषिमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ । युवाहरुले स्वदेशमा नै कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।
आफ्नो गाउँघरमा नै केहि गर्ने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक रुपमा बंगुरपालन र फलफूल खेतीमा जुटेका छन् । व्यवसायी राईले सेन्मायुङ कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा बंगुरपालन, कागती, एभोकार्डो, आप, अनार, लिचीलगायतको खेती गर्दै आएका छन् ।
बंगुर फर्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूल खेती गरिरहेको उनले बताए । व्यवसायी राईको फर्ममा अहिले ४१ वटा बंगुर रहेका छन् । अहिले बंगुर विक्रीबाट वार्षिक रुपमा छदेखी आठ लाखसम्मको आम्दानी हुने व्यवसायी राईको भनाइ छ।
भविष्यमा बंगुरपालन तथा फुलफूलखेतीबाट बार्षिक ५० देखी ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनको भनाइ छ । सानो उमेरमा नै विदेशमा दुई पटक गरी सात वर्ष विताएका राईले त्यहाँ देखेको, भोगेको सीपलाई सदुपयोग गर्दै व्यवसायिक कृषिमा जुटेको बताए ।
‘सानो उमेरमा विदेश गईयो’व्यवसायी राईले भने,‘विदेशमा जानु भन्दा स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ भन्ने लागेर कृषि कर्ममा जुटेको हुँ । बार्षिक रुपमा रु। बाह्रदेखी १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउदा बार्षिक आठदेखी दश लाखसम्म आम्दानी हुन्छ ।’
स्वदेशमा व्यवसायिक रुपमा काम गर्न सके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनको भनाइ छ । आफ्नो फर्ममा उत्पादन भएका बंगुर खरिद गर्न ठेकेदारहरु घरमा नै आउने उनले बताए । फर्ममा स्थानीय रैथाने जातसँगै उन्नत जातको हेमसार, धराने कालो बंगुरलगायतको पालन गरिरहेको उनको भनाइ छ । उत्पादन भएको बंगुर बाहिर जिल्लामा जाने गरेको उनले सुनाए । आफ्नो फर्ममा एक सय २० केजीदेखी एक सय ५० केजीसम्मको बंगुर उत्पादन हुने गरेको व्यवसायी राईले बताए ।
‘बंगुर विक्री वितरणको लागि कुनै समस्या छैन’उनले भने, ‘किन्नको लागि धरान विराटनगरबाट ठेकेदारहरु यहि नै आउछन् । बजारको मागलाई धान्न नै समस्या हुन्छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’
कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरका परिवारहरुले सहयोग गर्दै आएका छन् । व्यवसायिक रुपमा कृषि कर्ममा लाग्ने कृषकलाई राज्यले पनि आवश्यक सहयोग गर्नु पर्ने उनको भनाइ छ । ‘कृषिमा लागेर पनि राम्रो आम्दानी लिन सकिन्छ’ उनल भने,‘परिवारको साथमा बसेर व्यवसाय गर्दा आनन्द नै फरक हुन्छ । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु ।’
बंगुरलाई बाहिरबाट आउने दाना भन्दा पनि स्थानीयस्तरमा पाईने दानाको खुवाउने गरेकोले मासु स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक हुने उनले बताए । बंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफुले जानेको सीप अन्य किसानहरुलाई पनि सिकाउँदै आएको व्यवसायी राईको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: