Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा

खबरडबली संवाददाता

बागलुङ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।

चालु आवको कुल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापनलगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि एक करोड ४९ लाख बजेट विनियोजन भएको छ । समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यन्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बीमा शुल्कमा अनुदानलगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताए । 

आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बीमालगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिए ।

“केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो”, उनले भने, “जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।” उनका अनुसार एक वर्षमा २० करोडको सुन्तला निर्यात भएको छ भने गत वर्ष दुई हजार सात सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

कृषि ज्ञान केन्द्रका अनुसार खाद्यान्न बाली प्रवर्द्धनअन्तर्गत ३७ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ आठ लाख, स्थानीय बालीतर्फ १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्न १० लाख, पोषण सुरक्षा कार्यक्रमअन्तर्गत चार लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सिलवालले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending