Ntc summer Offer
Khabar Dabali ३ माघ २०८१ बिहीबार | 16th January, 2025 Thu
Investment bank

बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा

खबरडबली संवाददाता

बागलुङ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।

चालु आवको कुल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापनलगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि एक करोड ४९ लाख बजेट विनियोजन भएको छ । समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यन्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बीमा शुल्कमा अनुदानलगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताए । 

आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बीमालगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिए ।

“केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो”, उनले भने, “जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।” उनका अनुसार एक वर्षमा २० करोडको सुन्तला निर्यात भएको छ भने गत वर्ष दुई हजार सात सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

कृषि ज्ञान केन्द्रका अनुसार खाद्यान्न बाली प्रवर्द्धनअन्तर्गत ३७ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ आठ लाख, स्थानीय बालीतर्फ १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्न १० लाख, पोषण सुरक्षा कार्यक्रमअन्तर्गत चार लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सिलवालले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक

विराटनगर ।  नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’  सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पु...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्राेल लिटरकाे कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि...

भुकम्प पछिको एक दशकसम्म पनि भएन पाटन दरबार क्षेत्रका सम्पदा पुनःनिर्माण

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका दुईवटा संरचनाको पुनः निर्माण हुन सकेको छैन। ...

जाजरकोट भूकम्पमा चुक्यो सरकार, एक वर्ष बित्दा पनि भएन क्षतिको आँकलन

काठमाडौं । गत वर्ष कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्यो । गत वर्षको कार्तिकमा गएको भूकम्पमा परी सयौँ नागरिकको ज...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (...

उपत्यकामा रहेका ओखलढुंगे पत्रकार संस्थागतरुपमा एक ढिक्का बन्दै

काठमाडौं।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'ओखलढुंगा पत्रकार समाज' विधिवत् रूपमा दर्ता भएको छ । संस्था दर्ता भएसँगै ओखलढुंगे पत्रकार सस्थाग...

तत्काल संसद बोलाउन दबाब दिने विपक्षी ६ दलको निर्णय

काठमाडौं । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बुधबार विपक्षी दलहरूको बैठक बसेको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल द...

काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको यात्रुबस दुर्घटना

झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नग...

प्रि–ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ । यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा...

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।  महासंघका अन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy