Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

खबरडबली संवाददाता

रौतहट  । माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। 

छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा भात खाएर सुतेका थिए।

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन।

घटना बारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहमति र सहकार्यका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...

आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार

कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...

गुट बनाउनेलार्ई एमालेले लगायो अंकुशः अधिवेशनमा प्यानल बनाएर निर्वाचन लड्न नपाइने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।  पार्टी महासचिव शंकर पोखरेलद्वारा...

फिल्म छक्का पञ्जा- ५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्बजनिक

काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

काठमाडौं ।  क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना ग...

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेप...

अध्ययन भिसा कटौती गर्ने क्यानडाको घोषणा, अन्तर्राष्ट्रिय विद्यार्थीलाई कस्तो पर्ला प्रभाव ?

काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा कटौती गर्ने निर्णय गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय वि...

टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएक...

दुई महिनामा पचास करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालू आवको...

नजिकै पक्की पुल बनेपछि प्रयोगविहीन भएको झोलुङ्गे पुल

दाङ । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy