रुकुम पश्चिम । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ लामाचौरकी माता भनिने ४९ वर्षीया शुशिला मल्लको हत्या उनकै प्रेमीले गरेको खुलेको छ।
शुशिलाको हत्या आरोपमा प्रहरीले चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ।साउन २३ गते प्रेमले नै शुशिलाको हत्या गरेको रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलले दाबी गरे।उनका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका हुन्।
शुशिला र प्रेमको डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेटघाट र चिनजान भएको थियो।पछिल्लो ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा थिए । शुशिला एकल महिला हुन्। उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो। उनका तीन छोरा रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन्। एक जना दुबई, अर्का मलेसिया र अर्का भारतमा छन्।
शुशिला र प्रेमको पछिल्लो समय भेटघाट बाक्लिएको थियो। प्रेम पटक पटक शुशिलाको घरमा आउने र शुशिला पनि प्रेमको घरमा गएको बस्ने गरेको खुलेको छ।प्रेम शुशिलाकोमा आउने र बस्ने गरेको थाहा पाएपछि छिमेकीले शुशिलालाई यस बारेमा सोधेका थिए। तर उनले प्रेम आफ्नो भक्त भएको बताएकी थिइन्।
शुशिला माताका रुपमा पनि चिनिन्थिन्। प्रेम धर्मकर्ममा लगाव राख्ने व्यक्तिका रुपमा चिनिन्थे। तर गाउँलेहरूले नै शंका गर्न थालेपछि शुशिलाले अब आफूसँग विवाह गर्न दबाब दिएको प्रेमले प्रहरीलाई बताएका छन् । उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान छ।
हत्याको दुई दिन अघि नै प्रेम शुशिलाको घरमा आएर बसेका थिए। साउन २१ गते राति उनीहरुसँगै बसे । २२ गते बिहान उठेर उनी रिम्ना बजार, चाइनाबगरतिर घुमफिर गरेर साँझ पुनः शुशिलाकै घरमा फर्किए।त्यसरात शुशिलाले प्रेमसँगको सम्बन्धका बारेमा गाउँमा थाहा भएको बताउँदै बिहे गर्न भनिन्।तर आफूले बिहे गर्न सक्ने अवस्था नभएकोले हत्या गरेको प्रेमले बताएका छन् । फरामको तावा, सिलौटोर लोराले हानेको र सलले घाँटी कसेर हत्या गरेको खुलेको छ।
शुशिलाको शव आफ्नो घरको कोठामा फेला परेको थियो।हत्यापछि शुशिलाको मोबाइल पनि प्रेमले लिएर गएका थिए। उक्त मोबाइल पनि बरामद भएको डीएसपी पोखरेलले बताए।हत्यामा प्रयोग गरेका सामान रगत लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ।घटनाको जानकारी पाए लगतै खटिएको प्रहरीले त्यसैदिन उनको संलग्नता रहेको पत्ता लगाएको र भोलिपल्ट पक्राउ गरिएको जनाएको छ।
प्रेमविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडी बढाएको डीएसपी पोखरेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: