Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पार्टी एजेन्डाविहीन भएको जर्नादन शर्माको टिप्पणी

खबरडबली संवाददाता

काठमाडौं ।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी एजेन्डाविहीन र शून्यतातर्फ अग्रसर भइरहेको टिप्पणी गरेका छन् ।  माओवादी स्थायी कमिटी बैठकमा आफनो धारणा राख्ने क्रममा पार्टी योजनाविहीन र सङ्गठनविहीन बनेको टिप्पणी गरेका हुन् ।

‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै भने, ‘माओवादी आन्दोलन र सङ्गठन अप्ठेरो अवस्थामा पुगेको छ । हामी योजनाविहीन र सङ्गठनविहीन बनेका छौँ । पार्टीको जनाधार खस्किएको छ र देखाउन लायक काम गर्न सकेका छैनौ ।’  ‘यो कमजोरीको जिम्मेवारी लिन मूल नेतृत्व पनि तयार छैन । हामी पदाधिकारीले पनि आनाकानी गरिरहेका छौँ’, उनले भने ।

शान्ति सम्झौतासँगै बदलिएको परिस्थिति अनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउने काम नगरिएको भन्दै शर्माले ‘बहुलवादी सांगठनिक संरचना र केन्द्रिकृत सोंच आफैंमा अन्तरविरोधी’ भएको उल्लेख गरेका छन् ।

उनले पार्टीले उठाएको समाजवादको नारामा पनि प्रश्न उठाएका छन् । नव उदारवादी नीति, योजना र त्यसको पृष्ठपोषण गर्ने राज्य संरचना यथावत राखी समाजवादको नारा लगाउनु आफैंमा भूलभूलैया मात्र भएको उनको ठहर छ ।

जनताको आर्थिक जीवनसँग जोडिएको जनजीविकाको प्रश्नमा पनि माओवादी केन्द्र चुकेको उनको भनाइ छ । त्यसैले पार्टी र नेतृत्वलाई विश्वास गरेर जनयुद्ध रजनआन्दोलनमा लागेको वर्ग र सुमदाय माओवादी केन्द्रबाट टाढिँदै गएको उनको भनाइ छ ।

आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका उनले जनाएका छन् । तर यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन आनकानी गरिरहेको उनको भनाइ छ ।

पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् ।

उनले  माओवादीमा समस्याको मूल कारणलाई ९ बुँदामा समेटेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending