Ntc summer Offer
Khabar Dabali २५ भाद्र २०८१ मंगलवार | 10th September, 2024 Tue
NIMB

गुल्मीमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै

खबरडबली संवाददाता

गुल्मी  । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको र ७३ मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । पुरुषवादी पक्ष भएका ६५ मध्ये ४३ र महिलावादी पक्ष भएका ३१८ मध्ये २६७ मुद्दा  फर्स्योट भएका छन् । 

आव २०७९/८० मा ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए ।

मुलुकी देवानीसंहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताए । विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ ।

यस्तै महिलाले पुरुषसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी दर्ता गरेका ३०९ थान मुद्दामध्ये २७२ थान मुद्दा फर्स्योट भएको र ३७ थान मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुका कारणमा घरेलु हिंसा, कुटपिटलगायत रहने गरेको अदालतले जनाएको छ ।

गत आवमा जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकामा ४८० थान मुद्दा फर्स्योट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतको लक्ष्य अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्स्योट भएकाले लक्ष्यभन्दा २६ मुद्दा बढी फर्स्योट भएको सूचना अधिकारी कमल पन्थीले बताए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

७२ लाख शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्...

रवि लामिछाने सहभागि हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्...

भियतनाममा शक्तिशाली आँधीले पुल भत्काउँदा कैयौँ गाडी नदीमा खसे, ६० भन्दा बढीको मृत्यु पुष्टी

काठमाडौं । उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइ...

सत्तापक्षले उपसभामुख हटाउने तयारी गरेपछि रास्वपा आन्तरीक छलफलमा

काठमाडौं । सत्ता गठबन्धन उपसभामुख इन्दिरा राना हटाउने तयारीमा लागेपछि  राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ । महाभियोग लगाउने तयारी आधिकारीक रूप...

असोज ३ गतेसम्म काठमाडौं नछाड्न एमालेको सर्कुलर

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ।  उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कु...

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभ...

केदारनाथ राजमार्गमा पहिरो खस्दा केही यात्रु पुरिएको आशंका

काठमाडौं ।  भारतको उत्तराखण्ड सोनप्रयाग र रुद्रप्रयागबीच सोमबार गएको पहिरोमा परी केही यात्रु पुरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार केदारनाथ ...

१८ लाख यात्रु बोकेको बुद्ध एयरको जहाजले आजदेखि यात्रु बोक्न नपाउने

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ। नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक...

सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ ।  नवनियुक्त मुख्य...

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरु

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy