Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

ब्राजिल विमान दुर्घटनामा जो भाग्यले बाँचे !

खबरडबली संवाददाता

काठमाडौं । ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एटीआर ७२–५०० विमान आकाशमा अनियन्त्रित भई घुमिरहेको र सिधै तल खसेको देखिन्छ । विमान खसेको वरपर धेरै घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूको भनाई छ । जमिनमा कोही पनि घाइते भएनन् ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान ११:५६ बजे कास्कभेलबाट उडेको थियो । डेढ घण्टापछि विमानको अन्तिम संकेत प्राप्त भएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन् ।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो । एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ । एजेन्सीका अनुसार विमान उड्नको लागि एकदम फिट थियो ।

प्रत्यक्षदर्शी के भन्छन् ?

विमान दुर्घटना भएको देखेका फेलिपे म्यागालेसले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘विमान खसेको सुनेपछि मैले झ्यालबाट बाहिर हेरेँ । मैले आँखैअगाडि विमान खसेको देखेँ ।’

भिन्हेडो सहरमा बस्ने उनले विमान खसेलगत्तै डर लागेर घरको पर्खालबाट हाम फालेर बाहिर भागेको बताए ।  दुर्घटनास्थलनजिकै बस्ने नताली सिसारीले खाना खाइरहेका बेला टाढाबाट ठूलो आवाज सुनेको बताइन् ।

सीएनएन ब्राजिलसँग उनले भनिन्, ‘म बार्दलीमा दगुरेँ र विमान धेरै छिटो घुमिरहेको र तल खसेको देखेँ । एक क्षणमै मैले बुझेँ कि यो विमानको सामान्य चाल होइन ।’

अर्का प्रत्यक्षदर्शी पात्रोले रोयटर्सलाई बताएअनुसार त्यहाँ धेरै मानिसहरू भेला भए र भिडिओ बनाउन थाले । ‘मैले विमानको भग्नावशेष देखेँ’, उनले भने, ‘दुर्घटनास्थलमा यसको क्याबिन मात्रै थियो ।’

भाग्यले बाँचे २ यात्रु

परानाको कास्कभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस एयरपोर्ट जाँदै गरेको उक्त विमानको टिकट लिएका केही यात्रु भने विमान छुटेकाले बाँचेका छन् । तीमध्ये एक हुन्– एड्रियानो एसिस ।

उनले भने, ‘विमानको उडान र कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएन । जब त्यहाँ कोही पुगे,  तिनले मलाई अब विमानमा चढ्न नसकिने बताए ।’

यस क्रममा ती व्यक्तिसँग उनको झगडा पनि पर्‍यो । उनी भन्छन्, ‘तर, म बाँचेकोमा भगवान्‌लाई धन्यवाद दिन्छु ।’

अर्का यात्रु जोस फेलिपले पनि सुरुमा लाताम जान टिकट बुकिङ गरेका थिए । तर, लातामको विमानस्थल बन्द थियो । एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनको झगडा पनि पर्‍यो ।

अन्तत: उनलाई विमान चढ्न दिइएन । उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु । यो क्षणको साक्षी म र भगवान् मात्र हौँ ।’ बीबीसी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending