Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ब्राजिल विमान दुर्घटनामा जो भाग्यले बाँचे !

खबरडबली संवाददाता

काठमाडौं । ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एटीआर ७२–५०० विमान आकाशमा अनियन्त्रित भई घुमिरहेको र सिधै तल खसेको देखिन्छ । विमान खसेको वरपर धेरै घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूको भनाई छ । जमिनमा कोही पनि घाइते भएनन् ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान ११:५६ बजे कास्कभेलबाट उडेको थियो । डेढ घण्टापछि विमानको अन्तिम संकेत प्राप्त भएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन् ।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो । एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ । एजेन्सीका अनुसार विमान उड्नको लागि एकदम फिट थियो ।

प्रत्यक्षदर्शी के भन्छन् ?

विमान दुर्घटना भएको देखेका फेलिपे म्यागालेसले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘विमान खसेको सुनेपछि मैले झ्यालबाट बाहिर हेरेँ । मैले आँखैअगाडि विमान खसेको देखेँ ।’

भिन्हेडो सहरमा बस्ने उनले विमान खसेलगत्तै डर लागेर घरको पर्खालबाट हाम फालेर बाहिर भागेको बताए ।  दुर्घटनास्थलनजिकै बस्ने नताली सिसारीले खाना खाइरहेका बेला टाढाबाट ठूलो आवाज सुनेको बताइन् ।

सीएनएन ब्राजिलसँग उनले भनिन्, ‘म बार्दलीमा दगुरेँ र विमान धेरै छिटो घुमिरहेको र तल खसेको देखेँ । एक क्षणमै मैले बुझेँ कि यो विमानको सामान्य चाल होइन ।’

अर्का प्रत्यक्षदर्शी पात्रोले रोयटर्सलाई बताएअनुसार त्यहाँ धेरै मानिसहरू भेला भए र भिडिओ बनाउन थाले । ‘मैले विमानको भग्नावशेष देखेँ’, उनले भने, ‘दुर्घटनास्थलमा यसको क्याबिन मात्रै थियो ।’

भाग्यले बाँचे २ यात्रु

परानाको कास्कभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस एयरपोर्ट जाँदै गरेको उक्त विमानको टिकट लिएका केही यात्रु भने विमान छुटेकाले बाँचेका छन् । तीमध्ये एक हुन्– एड्रियानो एसिस ।

उनले भने, ‘विमानको उडान र कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएन । जब त्यहाँ कोही पुगे,  तिनले मलाई अब विमानमा चढ्न नसकिने बताए ।’

यस क्रममा ती व्यक्तिसँग उनको झगडा पनि पर्‍यो । उनी भन्छन्, ‘तर, म बाँचेकोमा भगवान्‌लाई धन्यवाद दिन्छु ।’

अर्का यात्रु जोस फेलिपले पनि सुरुमा लाताम जान टिकट बुकिङ गरेका थिए । तर, लातामको विमानस्थल बन्द थियो । एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनको झगडा पनि पर्‍यो ।

अन्तत: उनलाई विमान चढ्न दिइएन । उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु । यो क्षणको साक्षी म र भगवान् मात्र हौँ ।’ बीबीसी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending