नुवाकोट । नुवाकोटमा नौ वर्षमा तीन हेलिकप्टर दुर्घटनामा परेका छन् । यी दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् ।
२०७३ साल साउनमा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुरको बेतिनी जंगलमा दुर्घटना भयो , अल्टिच्युड एयरको हेलिकप्टर २०७५ साल भदौ २३ गते म्यागङमा र एयर डाइनेस्टीको हेलिकप्टर २०८१ साउन २३ गते दुर्घटना भएको हो। तीन वटै दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।
३२ वर्षअगाडि अर्थात् सन् १९९२ जुलाई ३१ तारिखका दिन नुवाकोटको घ्याङफेदीको घोप्टेभीरमा बैंककबाट आएको थाई एयरलाइन्सको फ्लाइट ३११ दुर्घटनाग्रस्त भएको थियो।
हालको दुप्चेश्वर—१ मा भएको सो भयानक दुर्घटनामा चालक दलका १४ र ९३ जना यात्रुसहित १ सय १३ जनाको निधन भएको थियो । थाई एयरलाइन्सको सो दुर्घटना नेपालको हवाई दुर्घटनामा दोस्रो ठूलो हवाई दुर्घटनाका रूपमा आजसम्म चर्चित छ । दुर्घटनामा मानव अधिकारवादी प्रकाश काफ्लेकोसमेत ज्यान गएको थियो। दिवंगत भएकाहरूको स्मृतिमा नुवाकोटको पर्यटकीयस्थल ककनीमा स्मृति पार्क निर्माण गरिएको छ ।
काठमाडौंसँग जोडिएको र एयरपोर्ट नजिकै भएका कारण नुवाकोटको आकाश हुँदै जहाज तथा हेलिकप्टरहरू पश्चिमका जिल्लाहरूमा उड्ने गरेका छन् । नौ वर्षको अवधिमा तीन हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसको तेब्बर संख्यामा हेलिकप्टरहरू फोर्सल्यान्डिङ (आकस्मिक अवतरण) गरिसकेका छन्।
नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको यो तेस्रो हो भने हवाई दुर्घटना चौथो हो। २०७५ साल भदौ २३ गते म्यागङ गाउँपालिका— ४ मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा र २०७३ साल साउन २४ गते गोरखाकोे सिर्दिबासवाट पाँचदिने सुत्केरीको उपचारका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुरको बेतिनिभिरमा दुर्घटनामा पर्दा एकै परिवारका चारसहित सात जनाको निधन भएको थियो।
सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको बेतिनिभिरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकप्टर दुर्घटनामा अनुभवी क्याप्टेन रञ्जन लिम्बू, पाँच दिनका नाबालक र उनका परिवारको निधन भएको थियो। मृतकका परिवारले त्यतिबेला प्रतिमृतक २० हजार डलरका दरले क्षतिपूर्ति पाएका थिए।
२०७५ साल भदौ २३ गते म्यागङको मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा गोरखावाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको नाइनएन एएल एस कलसाइन रहेको ६ सिटे हेलिकप्टर दुर्घटनामा जापानी नागरिक राहदानी नं. टिके ७१३६१२०६८ रहेको हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३५ वर्षीया हीरा शेर्पा, गोरखा, चुमनुब्री—२ की ३० वर्षीया ल्हो आनि डोल्मा निकी, चुमनुब्री— १ गोरखाकै छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीया सुनील तामाङ र चालक निश्चल केसी रहेकोमा महिला ल्हो आनी डोल्मा निकीबाहेक सबैको ज्यान गएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: