Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

के सोचे जस्तो वाई–फाई चल्दैन ? के छ यसकाे उपाय ?

खबरडबली संवाददाता

काठमाडौं । चाहे अनलाइनबाट फिल्म हेर्दा होस् वा अनलाइन गेम खेल्दा हामी सबैलाई उच्च गतिको इन्टरनेट चाहिन्छ । केही गरी इन्टरनेट सुस्त भए पुरै काममा अवरोध पुग्छ । तर, कतिपय अवस्थामा राम्रो तथा गुणस्तरीय इन्टरनेट नहुनुमा तपाईं नै जिम्मेवार हुन सक्नुहुन्छ । आज हामी वाई–फाईको गुणस्तर कसरी सुधार गर्ने भन्नेबारे चर्चा गर्ने छौं .।

–राउटर सार्ने 

राउटरलाई लुकाएर राख्दा वाई–फाईको गतिमा पनि प्रभाव पार्छ । जस्तो कुनामा राख्ने, सामान मुनि राख्ने अथवा ड्रअर भित्र राख्दा राउटरको सिङ्नलमा अवरोध पुग्छ । फलस्वरुप इन्टरनेट ढिलो हुन जान्छ । यसकारण राउटरलाई अलि फराकिलो क्षेत्रमा राख्नु उत्तम हुन्छ । 

आफ्नो घर अथवा कोठाको बीच भागमा राउटर राख्दा सबै क्षेत्रतिर सिङ्नल पुग्छ । अझ भन्दा तपाईंको कम्प्युटर वा मोबाइल डिभाइसको स्थान अनुसार राउटर राख्नुपर्छ ।

उदाहरणका लागि, ल्यापटप अथवा डेस्कटप जस्तो बढी ब्यान्डविथ खपत गर्ने डिभाइसहरूलाई राउटर नजिकै राख्नुपर्छ । त्यसको तुलनामा स्मार्टफोन जस्ता कम ब्यान्डविथ खपत गर्ने डिभाइसलाई अलि टाढा राख्दा हुन्छ ।

त्यस्तै राउटरलाई छेकिने गरी राख्नुहुन्न । सकभर भित्तामा राख्दा पनि सबैभन्दा माथि अथवा तल राख्नु हुन्न । ठिक्क मध्य भागतिर राख्नु राम्रो हुन्छ । उसैगरी राउटर वरपर इलेक्ट्रोम्याग्नेटिक वेभ प्रयोग गर्ने डिभाइसहरू (बेबी मोनिटर, वायरलेस किबोर्ड, माइक्रोवेभ आदि) पनि राख्नुहुन्न ।

–इथरनेट केबल प्रयोग गर्ने 

वायरलेस कनेक्सनमा समस्या आइरहेको छ भने इथरनेट केबल प्रयोग गर्नु एक विकल्प हो । यो राउटरभन्दा चुस्त र स्थिर हुन्छ । अनि, राउटरलाई जसरी अन्य डिभाइसहरूले कुनै अवरोध पनि गर्दैन ।

यद्यपि यसको नकारात्मक पक्ष भनेको यसलाई निश्चित ठाउँमा मात्र चलाउनुपर्छ । इथरनेट जडान गरिएको डिभाइसहरूलाई एक ठाउँबाट अन्यत्र लैजान सकिँदैन । सामान्यतः राउटरमा इथरनेट पोर्ट हुन्छ । त्यसमा केबल कनेक्ट गरेर इन्टरनेट चलाउन सक्नुहुन्छ । त्यसलाई अलि व्यवस्थित बनाउन तारहरू मिलाएर राख्नुहोस् । 

–च्यानल अथवा ब्यान्ड परिवर्तन गर्ने

वाई(फाई सिङ्नल च्यानलमा विभाजन गरिएको हुन्छ । तपाईंको डिभाइससँग सञ्चार गर्न राउटरले विशेष प्रकारको च्यानल प्रयोग गर्ने गर्छ । जुन तपाईंको छिमेकी राउटरसँग मिल्न जाँदा अवरोध हुन सक्छ । जसले वाई(फाईको गतिलाई सुस्त बनाउँछ ।

च्यानल परिवर्तन गर्न तपाईंलाई राउटरको सेटिङको पहुँच हुनु पर्छ । यो कुरा राउटरको मोडल अनुसार फरक फरक हुने गर्छ । यसो हुँदा राउटरसँग आउने कागजपत्र अथवा अनलाइनमा हेर्नुहोस् । तपाईंले १, ६ अथवा ११ च्यानल प्रयोग गर्न सक्नुहुन्छ । जुनमा कम अवरोध आउँछ । 

अहिलेका आधुनिक राउटरमा २,४ र ५ गिगाहर्ज गरी दुई ओटा फ्रिक्वेन्सी हुने गर्छ । यदि तपाईंको राउटरको सेटिङमा सपोर्ट हुन्छ भने निश्चित डिभाइसमा एउटा मात्र ब्यान्ड राख्नुहोस् ।

छोटोमा बुझ्दा, ५ गिगाहर्जको गति बढी हुन्छ । तर यसको रेन्ज कम हुन्छ । उसैगरी २।४ गिगाहर्जले ओगट्ने क्षेत्रफल बढी हुन्छ । तर, गति कम । त्यसमाथि कतिपय पुराना मोडेलका डिभाइसहरूले २।४ गिगाहर्जमात्र सपोर्ट गर्छन् । यसो हुँदा राउटरमा यी दुवै ब्यान्ड इनेबल गर्नु राम्रो हुन्छ । 

–राउटर अपग्रेड गर्ने

बजारमा विभिन्न मूल्य र फिचर अनुसारका राउटर पाइन्छन् । यदि घर अथवा कार्यालयमा वाई–फाई सुस्त हुने ठाउँहरू धेरै छन् भने राउटर राखेको स्थान परिवर्तन गर्नुपर्छ ।

अथवा मेस राउटर प्रणाली अपनाउन सक्नुहुन्छ । यसले उही इन्टरनेट प्रणालीलाई घरभर एकनास तरिकाले इन्टरनेट वितरण गर्न भूमिका खेल्छ । सानो क्षेत्रफलमा पनि यही तरिका अपनाउन सकिन्छ । 

–वाई–फाईको भर्सन

कतिपयले वाई(फाई भन्नासाथ एउटै बुझ्छन् । तर, वाई(फाईका पनि विभिन्न भर्सन हुने गर्छन् । जस्तैस् वाई(फाई सिक्स, वाई(फाई सिक्स ई ।

हरेक वाई(फाई भर्सनको गति र क्षमता फरक फरक हुने गर्छ । सकेसम्म वाई(फाईको पछिल्लो भर्सन प्रयोग गर्नु राम्रो हुन्छ । तर सो भर्सनको वाई–फाई सपोर्ट गर्ने डिभाइस पनि हुनु पर्छ । 

–वाई–फाई एक्सटेन्डर 

राउटर राखेको स्थान ठीक भएर पनि इन्टरनेट चलिरहेको छैन भने तपाईंले यसको समाधानमा वाई–फाई एक्सटेन्डर प्रयोग गर्न सक्नुहुन्छ । यसले वाई–फाई कनेक्सन अझ फैलाउँछ ।

सामान्यतः यी डिभाइस भित्तामा राखिन्छन् र पहिल्यै भएको वाई(फाईमा कनेक्ट हुन्छ । यसपछि घरभर वाई–फाईको रेन्ज विस्तार गर्न सहयोग गर्छ । विशेषगरी कम ब्यान्डविथ खपत गर्ने डिभाइसका लागि यो एउटा राम्रो विकल्प हन सक्छ ।

–इलेक्ट्रिकल विङ प्रयोग गर्ने

वाई(फाईको रेन्जलाई सुधार गर्ने तपाईंले अन्य विकल्प खोजिरहनु भएको छ भने 'पावर लाइन किट' अथवा इलेक्ट्रकल विङ एउटा राम्रो विकल्प हुन सक्छ । यस प्रकारका डिभाइसले वाई–फाईको रेन्ज बढाउन घरको इलेक्ट्रिकल वाइरिङको सहायता लिने गर्छ ।

यसका लागि तपाईंले कुनै पनि वाल सकेटमा एउटा एडाप्टर प्लगइन गर्नु पर्ने हुन्छ । जसलाई इथरनेटबाट राउटरसँग कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि अर्को एडाप्टरलाई अर्को कोठाको वाल सकेटमा प्लगइन गर्न सक्नुहुन्छ ।

यसपछि वायर्ड अथवा वायरलेस दुवै तरिकाले त्यस कोठामा वाई(फाई प्रयोग गर्न सक्नुहुन्छ । तर, परम्परागत तरिकाले वायरिङ गरिएको घरमा यस प्रकारको डिभाइसले काम नगर्न सक्छ । 

–सुरक्षित पासवर्ड राख्ने

कमजोर पासवर्ड राख्दा अथवा पासवर्ड नराख्दा तपाईंको वाई–फाईमा अन्य व्यक्तिहरूले कनेक्ट गरेका हुनसक्छन् । त्यसले तपाईंको इन्टरनेटको गति स्वतःस् सुस्त बनाउन भूमिका खेल्छ ।

यसकारण सजिलै अन्य व्यक्तिले अनुमान गर्न नसक्ने गरी पासवर्ड राख्नुहोस् । तपाईंले आफ्नो वाई(फाईमा 'एईएस इन्क्रिप्सन' पनि प्रयोग गर्न सक्नुहुन्छ । जुन सुरक्षित हुनुका साथै प्रभावकारी पनि हुन्छ । 

–प्रयोग नभएका डिभाइस डिस्कनेक्ट गर्ने 

सीमित क्षमता भएको वाई(फाईमा धेरै डिभाइस कनेक्ट गर्दा इन्टरनेटको गतिमा सोझै प्रभाव पर्छ । यसो हुँदा प्रयोगमा नहुने अथवा आवश्यक नपर्ने डिभाइसमा वाई(फाई डिस्कनेक्ट गर्नुहोस् ।

अनि सम्भव भए स्थिर कनेक्सन चाहिने डिभाइसहरूमा इथरनेट प्रयोग गर्नुहोस् । यसले तपाईंको इन्टरनेको गति बढाउन भूमिका खेल्छ ।

–राउटर रिस्टार्ट गर्ने

कतिपय अवस्थामा राउटर रिस्टार्ट गर्दा कनेक्सन सम्बन्धी केही समस्या समाधान हुने गर्छ । तर नियमित रूपमा रिस्टार्ट गरिरहनु पर्दैन ।

विशेषगरी ब्यान्डविथ अथवा कनेक्सनमा अवरोध आइरहेको छ भने तपाईंले यसो गर्न सक्नुहुन्छ । तर आजकलका धेरैजसो राउटरले त्यस्तो अवरोध आए स्वतः रिबुट गर्छन् ।

–डिभाइस चेक गर्ने

कम्प्युटर डिभाइसमा समस्या हुँदा पनि इन्टरनेटको गति कम हुन्छ । यदि कम्प्युटरमा धेरै प्रोग्राम खुलेका छन् भने त्यसमा ओभरलोड हुन्छ ।

ती मध्ये कतिपय प्रोग्रामले बढी ब्यान्डविथ खपत गर्छन् । यसले पनि तपाईंको कम्प्युटरमा इन्टरनेटको गतिमा प्रभाव पारिरहेको हुन्छ । यसो हुँदा अनावश्यक अथवा बढी ब्यान्डविथ खपत गर्ने प्रोग्राम बन्द गर्नुहोस् । 

–आईएसपीलाई कल गर्ने 

तपाईँले कुनै न कुनै इन्टरनेट सेवाप्रदायक (आईएसपी)को सेवा लिएर वाई–फाई चलाइरहनु भएको हुन्छ । तर, आफ्नो तर्फबाट जति प्रयास गरे पनि वाई(फाईमा देखिएको समस्या समाधान भएन आईएसपीलाई सम्पर्क गर्नुहोस् । उनीहरूले तपाईंलाई थप सल्लाह सुझाव दिनुका साथै घरमै प्राविधिक पठाउन सक्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending