Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

के सोचे जस्तो वाई–फाई चल्दैन ? के छ यसकाे उपाय ?

खबरडबली संवाददाता

काठमाडौं । चाहे अनलाइनबाट फिल्म हेर्दा होस् वा अनलाइन गेम खेल्दा हामी सबैलाई उच्च गतिको इन्टरनेट चाहिन्छ । केही गरी इन्टरनेट सुस्त भए पुरै काममा अवरोध पुग्छ । तर, कतिपय अवस्थामा राम्रो तथा गुणस्तरीय इन्टरनेट नहुनुमा तपाईं नै जिम्मेवार हुन सक्नुहुन्छ । आज हामी वाई–फाईको गुणस्तर कसरी सुधार गर्ने भन्नेबारे चर्चा गर्ने छौं .।

–राउटर सार्ने 

राउटरलाई लुकाएर राख्दा वाई–फाईको गतिमा पनि प्रभाव पार्छ । जस्तो कुनामा राख्ने, सामान मुनि राख्ने अथवा ड्रअर भित्र राख्दा राउटरको सिङ्नलमा अवरोध पुग्छ । फलस्वरुप इन्टरनेट ढिलो हुन जान्छ । यसकारण राउटरलाई अलि फराकिलो क्षेत्रमा राख्नु उत्तम हुन्छ । 

आफ्नो घर अथवा कोठाको बीच भागमा राउटर राख्दा सबै क्षेत्रतिर सिङ्नल पुग्छ । अझ भन्दा तपाईंको कम्प्युटर वा मोबाइल डिभाइसको स्थान अनुसार राउटर राख्नुपर्छ ।

उदाहरणका लागि, ल्यापटप अथवा डेस्कटप जस्तो बढी ब्यान्डविथ खपत गर्ने डिभाइसहरूलाई राउटर नजिकै राख्नुपर्छ । त्यसको तुलनामा स्मार्टफोन जस्ता कम ब्यान्डविथ खपत गर्ने डिभाइसलाई अलि टाढा राख्दा हुन्छ ।

त्यस्तै राउटरलाई छेकिने गरी राख्नुहुन्न । सकभर भित्तामा राख्दा पनि सबैभन्दा माथि अथवा तल राख्नु हुन्न । ठिक्क मध्य भागतिर राख्नु राम्रो हुन्छ । उसैगरी राउटर वरपर इलेक्ट्रोम्याग्नेटिक वेभ प्रयोग गर्ने डिभाइसहरू (बेबी मोनिटर, वायरलेस किबोर्ड, माइक्रोवेभ आदि) पनि राख्नुहुन्न ।

–इथरनेट केबल प्रयोग गर्ने 

वायरलेस कनेक्सनमा समस्या आइरहेको छ भने इथरनेट केबल प्रयोग गर्नु एक विकल्प हो । यो राउटरभन्दा चुस्त र स्थिर हुन्छ । अनि, राउटरलाई जसरी अन्य डिभाइसहरूले कुनै अवरोध पनि गर्दैन ।

यद्यपि यसको नकारात्मक पक्ष भनेको यसलाई निश्चित ठाउँमा मात्र चलाउनुपर्छ । इथरनेट जडान गरिएको डिभाइसहरूलाई एक ठाउँबाट अन्यत्र लैजान सकिँदैन । सामान्यतः राउटरमा इथरनेट पोर्ट हुन्छ । त्यसमा केबल कनेक्ट गरेर इन्टरनेट चलाउन सक्नुहुन्छ । त्यसलाई अलि व्यवस्थित बनाउन तारहरू मिलाएर राख्नुहोस् । 

–च्यानल अथवा ब्यान्ड परिवर्तन गर्ने

वाई(फाई सिङ्नल च्यानलमा विभाजन गरिएको हुन्छ । तपाईंको डिभाइससँग सञ्चार गर्न राउटरले विशेष प्रकारको च्यानल प्रयोग गर्ने गर्छ । जुन तपाईंको छिमेकी राउटरसँग मिल्न जाँदा अवरोध हुन सक्छ । जसले वाई(फाईको गतिलाई सुस्त बनाउँछ ।

च्यानल परिवर्तन गर्न तपाईंलाई राउटरको सेटिङको पहुँच हुनु पर्छ । यो कुरा राउटरको मोडल अनुसार फरक फरक हुने गर्छ । यसो हुँदा राउटरसँग आउने कागजपत्र अथवा अनलाइनमा हेर्नुहोस् । तपाईंले १, ६ अथवा ११ च्यानल प्रयोग गर्न सक्नुहुन्छ । जुनमा कम अवरोध आउँछ । 

अहिलेका आधुनिक राउटरमा २,४ र ५ गिगाहर्ज गरी दुई ओटा फ्रिक्वेन्सी हुने गर्छ । यदि तपाईंको राउटरको सेटिङमा सपोर्ट हुन्छ भने निश्चित डिभाइसमा एउटा मात्र ब्यान्ड राख्नुहोस् ।

छोटोमा बुझ्दा, ५ गिगाहर्जको गति बढी हुन्छ । तर यसको रेन्ज कम हुन्छ । उसैगरी २।४ गिगाहर्जले ओगट्ने क्षेत्रफल बढी हुन्छ । तर, गति कम । त्यसमाथि कतिपय पुराना मोडेलका डिभाइसहरूले २।४ गिगाहर्जमात्र सपोर्ट गर्छन् । यसो हुँदा राउटरमा यी दुवै ब्यान्ड इनेबल गर्नु राम्रो हुन्छ । 

–राउटर अपग्रेड गर्ने

बजारमा विभिन्न मूल्य र फिचर अनुसारका राउटर पाइन्छन् । यदि घर अथवा कार्यालयमा वाई–फाई सुस्त हुने ठाउँहरू धेरै छन् भने राउटर राखेको स्थान परिवर्तन गर्नुपर्छ ।

अथवा मेस राउटर प्रणाली अपनाउन सक्नुहुन्छ । यसले उही इन्टरनेट प्रणालीलाई घरभर एकनास तरिकाले इन्टरनेट वितरण गर्न भूमिका खेल्छ । सानो क्षेत्रफलमा पनि यही तरिका अपनाउन सकिन्छ । 

–वाई–फाईको भर्सन

कतिपयले वाई(फाई भन्नासाथ एउटै बुझ्छन् । तर, वाई(फाईका पनि विभिन्न भर्सन हुने गर्छन् । जस्तैस् वाई(फाई सिक्स, वाई(फाई सिक्स ई ।

हरेक वाई(फाई भर्सनको गति र क्षमता फरक फरक हुने गर्छ । सकेसम्म वाई(फाईको पछिल्लो भर्सन प्रयोग गर्नु राम्रो हुन्छ । तर सो भर्सनको वाई–फाई सपोर्ट गर्ने डिभाइस पनि हुनु पर्छ । 

–वाई–फाई एक्सटेन्डर 

राउटर राखेको स्थान ठीक भएर पनि इन्टरनेट चलिरहेको छैन भने तपाईंले यसको समाधानमा वाई–फाई एक्सटेन्डर प्रयोग गर्न सक्नुहुन्छ । यसले वाई–फाई कनेक्सन अझ फैलाउँछ ।

सामान्यतः यी डिभाइस भित्तामा राखिन्छन् र पहिल्यै भएको वाई(फाईमा कनेक्ट हुन्छ । यसपछि घरभर वाई–फाईको रेन्ज विस्तार गर्न सहयोग गर्छ । विशेषगरी कम ब्यान्डविथ खपत गर्ने डिभाइसका लागि यो एउटा राम्रो विकल्प हन सक्छ ।

–इलेक्ट्रिकल विङ प्रयोग गर्ने

वाई(फाईको रेन्जलाई सुधार गर्ने तपाईंले अन्य विकल्प खोजिरहनु भएको छ भने 'पावर लाइन किट' अथवा इलेक्ट्रकल विङ एउटा राम्रो विकल्प हुन सक्छ । यस प्रकारका डिभाइसले वाई–फाईको रेन्ज बढाउन घरको इलेक्ट्रिकल वाइरिङको सहायता लिने गर्छ ।

यसका लागि तपाईंले कुनै पनि वाल सकेटमा एउटा एडाप्टर प्लगइन गर्नु पर्ने हुन्छ । जसलाई इथरनेटबाट राउटरसँग कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि अर्को एडाप्टरलाई अर्को कोठाको वाल सकेटमा प्लगइन गर्न सक्नुहुन्छ ।

यसपछि वायर्ड अथवा वायरलेस दुवै तरिकाले त्यस कोठामा वाई(फाई प्रयोग गर्न सक्नुहुन्छ । तर, परम्परागत तरिकाले वायरिङ गरिएको घरमा यस प्रकारको डिभाइसले काम नगर्न सक्छ । 

–सुरक्षित पासवर्ड राख्ने

कमजोर पासवर्ड राख्दा अथवा पासवर्ड नराख्दा तपाईंको वाई–फाईमा अन्य व्यक्तिहरूले कनेक्ट गरेका हुनसक्छन् । त्यसले तपाईंको इन्टरनेटको गति स्वतःस् सुस्त बनाउन भूमिका खेल्छ ।

यसकारण सजिलै अन्य व्यक्तिले अनुमान गर्न नसक्ने गरी पासवर्ड राख्नुहोस् । तपाईंले आफ्नो वाई(फाईमा 'एईएस इन्क्रिप्सन' पनि प्रयोग गर्न सक्नुहुन्छ । जुन सुरक्षित हुनुका साथै प्रभावकारी पनि हुन्छ । 

–प्रयोग नभएका डिभाइस डिस्कनेक्ट गर्ने 

सीमित क्षमता भएको वाई(फाईमा धेरै डिभाइस कनेक्ट गर्दा इन्टरनेटको गतिमा सोझै प्रभाव पर्छ । यसो हुँदा प्रयोगमा नहुने अथवा आवश्यक नपर्ने डिभाइसमा वाई(फाई डिस्कनेक्ट गर्नुहोस् ।

अनि सम्भव भए स्थिर कनेक्सन चाहिने डिभाइसहरूमा इथरनेट प्रयोग गर्नुहोस् । यसले तपाईंको इन्टरनेको गति बढाउन भूमिका खेल्छ ।

–राउटर रिस्टार्ट गर्ने

कतिपय अवस्थामा राउटर रिस्टार्ट गर्दा कनेक्सन सम्बन्धी केही समस्या समाधान हुने गर्छ । तर नियमित रूपमा रिस्टार्ट गरिरहनु पर्दैन ।

विशेषगरी ब्यान्डविथ अथवा कनेक्सनमा अवरोध आइरहेको छ भने तपाईंले यसो गर्न सक्नुहुन्छ । तर आजकलका धेरैजसो राउटरले त्यस्तो अवरोध आए स्वतः रिबुट गर्छन् ।

–डिभाइस चेक गर्ने

कम्प्युटर डिभाइसमा समस्या हुँदा पनि इन्टरनेटको गति कम हुन्छ । यदि कम्प्युटरमा धेरै प्रोग्राम खुलेका छन् भने त्यसमा ओभरलोड हुन्छ ।

ती मध्ये कतिपय प्रोग्रामले बढी ब्यान्डविथ खपत गर्छन् । यसले पनि तपाईंको कम्प्युटरमा इन्टरनेटको गतिमा प्रभाव पारिरहेको हुन्छ । यसो हुँदा अनावश्यक अथवा बढी ब्यान्डविथ खपत गर्ने प्रोग्राम बन्द गर्नुहोस् । 

–आईएसपीलाई कल गर्ने 

तपाईँले कुनै न कुनै इन्टरनेट सेवाप्रदायक (आईएसपी)को सेवा लिएर वाई–फाई चलाइरहनु भएको हुन्छ । तर, आफ्नो तर्फबाट जति प्रयास गरे पनि वाई(फाईमा देखिएको समस्या समाधान भएन आईएसपीलाई सम्पर्क गर्नुहोस् । उनीहरूले तपाईंलाई थप सल्लाह सुझाव दिनुका साथै घरमै प्राविधिक पठाउन सक्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending