सुनसरी । धरानमा खानेपानीको शुल्क र महसुल बढाएको विषयमा आन्दोलन चर्किँदै गएपछि धरानका मेयर हर्क साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् ।
आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए । विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो ।
खानेपानीको शुल्क र महासुल बढाएको विरोधमा उप महानगरपालिका घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् ।
९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पांगले मनपरी ढङ्गले खानेपानीको नयाँ धारा जडान, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरुले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी भएपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए ।
उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: