Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मिथिला क्षेत्रमा हराउँदै झुलाको रौनक

खबरडबली संवाददाता

जनकपुरधाम । मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ । 

विगतमा जकपुरधामललगायत मिथिला क्षेत्रका विभिन्न मठमन्दिरहरुमा देखिएको झुला महोत्सव घटेर जानकी मन्दिर, राम मन्दिर, रत्नसागरमा मात्र झुलाको लोकगीत गुञ्जिा थालेका छन् । बर्खा ऋतुको कजरीलगायतका लोकगीतहरु दिनहुँ गुञ्जिने जनकपुरधामका मठमन्दिरहरूमा ति लोकगीतसँगै भक्तजनहरुको घुँइचो र नाचगान गर्ने कालाकारहरुको रौनक पनि कम भएको छ । 

हिन्दु संस्कृति परम्परा जोगाउन यस्ता लोक पर्व, संकृति, कला र गीतहरु गुञ्जिन आवश्यक हुन्छ र तर यहाँ तीन तहको सरकार हुँदा पनि यस्त संस्कृति जोगाउनमा कसैले चाँसो नर्दिका कारण मिथिलामा मनाउने लोक संस्कृतिको रौनक हराउँदै गएको हो । भुला महोत्सवका कारण ऋतु वर्णण, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार पहिले रंगभूमि मैदानमा मनाउने मनि पर्वत झुला हेर्न आउनेहरुको घुँइचो लाग्ने गथ्र्यो । तर, त्यो रंगभूमि मैदान हेर्न लायकको छैन, रंगभूमि मैदानलाई व्यवस्थित बनाउन कुनै सरकारले ध्यान दिएको छैन, मिथिलाको संकृतिलाई जोगाउन कुनै चाँसो दिएका छनैन्, जनकपुरधामका विभिन्न मठमन्दिरहरुमा मनाइने पर्व जानकी मन्दिर, राममन्दिर र रत्नसागर मन्दिरमा मात्र सिमित भएका छन्, अन्य मन्दिरहरुमा बिधि मात्र गरिन्छ, त्यसकारण पनि झुला महोत्सवको रौनक पहिला जस्तो छैन । 

विशेषगरी साउन महिनामा मनाइने झुला पर्वका अवसरमा यहाँका मठमन्दिरहरूमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीतहरू गाउने र नाच्ने चलन थियो । तर यतिबेला झुला पर्व सिमित मन्दिर र यसमा गाइने लोकगीतहरु पनि सिमित भएका कारण भक्तजनहरुको संख्या पनि घट्दै गएको महन्थले भने । पारम्परिक तरिकाले मनाउने झुला महत्सवको महत्वमा कमी आएपछि गाउँगाउँबाट हेर्न आउने भक्तजनहरुमा पनि कमी आएका कारण रौनकमा पनि कमी आएको जानकी मन्दिरका महन्थ दास वैष्णवको कथन छ । 

उनि थप्छन्, “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुला पर्वमा पहिला विवाह पञ्चमी जसरी रौनक हुन्थ्यो, डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतका समेत भक्तजनहरु यहाँ आउने गर्थे । तर, अहिले सिमित मन्दिरहरुमा रौनक देख्न पाइन्छ र भक्तजन पनि सिमित भएका छन् ।”

साउन शुक्ल तृतीया तिथि (बुधबार) बाट सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहनेछ । यस महोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देवताहरूलाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा छ । साउन शुक्ल तृतीया तिथिबाट आरम्भ हुने झुलामा विभिन्न देवीदेवताहरूलाई झुलामा झुलाई आस्था र भक्ति भाव प्रकट गर्ने गरिन्छ । 

संस्कृतिविद्हरूका अनुसार जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुलनोत्सव सुरु गरेका थिए । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको धािर्मक अध्येताहरूको भनाइ छ । 

‘रसिक सम्प्रदायमा अराध्यदेवसँग आत्मीय भाववृद्धिका लागि कुनै न कुनै नाता जोड्ने चलन छ । त्यसअनुसार नै सन्त दासले सीतासँग पितापुत्रीको सम्बन्ध जोड्नु भएको आकलन गरिन्छ । जनकपुरधाम माता सीताको माइत पनि हो । जानकी मन्दिरका पूर्व महन्थ दासकै सम्बन्धभावका अनुसार उहाँपछिका महन्थहरूले सीता माताको पूजाअर्चना पुत्री भावले गर्दै आएका छन् । ‘भगवान् र भक्तबीचको यो सम्बन्ध अनौठो छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending