Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । बागलुङमा बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् ।

अठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

पछिल्लो समय गाउँमा बूढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन् । एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगरले बताए । बिस्तारै निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेकामा उनले चिन्ता व्यक्त गरे ।

भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बूढापाका बताउँछन् । यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उनीहरूले जोड दिए । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् ।

‘पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ’, भक्तबहादुरले भने । यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था भएको उनले बताए ।

एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गर्नेमा अहिले बोलचाल पनि कम हुँदै गएको भक्तबहादुरले सुनाए ।

कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो रहेको उनले दाबी गरे । गाउँमा विकास आएपछि धेरैले यो भाषा बोल्न छोड्दै गएका बताउँदै ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका उल्लेख गरे ।

‘हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्दथे । हामीहरूले उहाँहरूबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौँ । बिस्तारै नेपाली भाषा पनि बोल्न थालियो, अहिले युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्’, उनले भने, ’हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गथ्र्यौं । अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा सहर बजार झर्छन् । उति बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताउँदै यसका लागि पालिकाले पाठ्यपुस्तकमा समावेश गर्ने योजना बनाइरहेको जानकारी दिए । पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको भन्दै आगामी भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उनले बताए ।

यो भाषा संरक्षणका लागि राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्ती मगरले जोड दिए । पालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्न प्रेरित गरिरहेको बताउँदै समुदायस्तरबाट यसको पहल हुनुपर्ने उनको भनाइ छ ।

पहिलो जम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरले बताए । भाषाको संरक्षण र प्रवर्द्धन गर्न परिवारले पनि सहयोग गर्नुपर्ने भन्दै भाषा संरक्षण भए हाम्रो कला, संस्कृति र रहनसहन लोप नहुने उनले विश्वास व्यक्त गरे ।

’अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागू गर्ने योजना थियो, प्रविधिक कारणले गर्न सकिएन’, अध्यक्ष मगर, ’यस वर्ष जसरी पनि गर्छौं, बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ । नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ ।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending