Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । बागलुङमा बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् ।

अठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

पछिल्लो समय गाउँमा बूढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन् । एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगरले बताए । बिस्तारै निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेकामा उनले चिन्ता व्यक्त गरे ।

भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बूढापाका बताउँछन् । यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उनीहरूले जोड दिए । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् ।

‘पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ’, भक्तबहादुरले भने । यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था भएको उनले बताए ।

एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गर्नेमा अहिले बोलचाल पनि कम हुँदै गएको भक्तबहादुरले सुनाए ।

कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो रहेको उनले दाबी गरे । गाउँमा विकास आएपछि धेरैले यो भाषा बोल्न छोड्दै गएका बताउँदै ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका उल्लेख गरे ।

‘हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्दथे । हामीहरूले उहाँहरूबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौँ । बिस्तारै नेपाली भाषा पनि बोल्न थालियो, अहिले युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्’, उनले भने, ’हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गथ्र्यौं । अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा सहर बजार झर्छन् । उति बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताउँदै यसका लागि पालिकाले पाठ्यपुस्तकमा समावेश गर्ने योजना बनाइरहेको जानकारी दिए । पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको भन्दै आगामी भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उनले बताए ।

यो भाषा संरक्षणका लागि राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्ती मगरले जोड दिए । पालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्न प्रेरित गरिरहेको बताउँदै समुदायस्तरबाट यसको पहल हुनुपर्ने उनको भनाइ छ ।

पहिलो जम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरले बताए । भाषाको संरक्षण र प्रवर्द्धन गर्न परिवारले पनि सहयोग गर्नुपर्ने भन्दै भाषा संरक्षण भए हाम्रो कला, संस्कृति र रहनसहन लोप नहुने उनले विश्वास व्यक्त गरे ।

’अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागू गर्ने योजना थियो, प्रविधिक कारणले गर्न सकिएन’, अध्यक्ष मगर, ’यस वर्ष जसरी पनि गर्छौं, बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ । नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ ।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending