Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने

खबरडबली संवाददाता

काठमाडौ‌  । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गरेका हुन्  ।

साथै उहाँले आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन असम्भव भएकाले डेंगुको रोकथाम नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

डेंगुबाट हुनसक्ने क्षतिलाई कम गर्न डेंगु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सबैको प्रयासले मात्र सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैलाई सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा वृद्धि नभए पनि जोखिम कायम रहेकाले सचेत रहन मन्त्रालयको आग्रह छ । 

पुसदेखि नेपालमा ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्ति  दीर्घरोगी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending