काठमाडौं । पुँजी बजारको सन्दर्भमा केही सांसदहरुले सदनमा नै प्रश्न उठाएपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् ।
पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा बोल्ने सांसद पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महत, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललाई तत्काल भनाइ फिर्ता लिन र आइन्दा जथाभावि नबोल्न संघले चेतावनी दिएको हो ।
जिम्मेवार सांसदहरुले पुँजी बजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक रहेको बताउँदै संघहरुले आपत्ति जनाएका छन् ।
‘दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठन पश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो त्यो हो नीतिगत स्थिरता। आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो । ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे। अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसैबिच कसैका प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दाहाल लगायत अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ’ संघहरुले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसमा हामी तपसिल बमोजिमका पूँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ।’
‘पुँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्। कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो। जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने कुरा चेतावनी दिन चाहन्छौं’ संघहरुले भनेका छन् ।
यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानबिन गरोस्, हामी साथ दिन समेत तयार रहेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन् ।
‘पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरियोस्। नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौं। साथै यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरुलाई समेत आह्वान गर्दछौं।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...
चैत्र १७ गते, २०८२ - १९:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...
चैत्र १७ गते, २०८२ - १९:२१
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...
चैत्र १७ गते, २०८२ - १९:१९
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...


प्रतिकृया लेख्नुहोस्: