Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सांसदलाई पुँजी बजार विरुद्धको अभिव्यक्तिहरु तत्काल फिर्ता लिन लगानीकर्ताको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । पुँजी बजारको सन्दर्भमा केही सांसदहरुले सदनमा नै प्रश्न उठाएपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् ।

पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा बोल्ने सांसद पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महत, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललाई तत्काल भनाइ फिर्ता लिन र आइन्दा जथाभावि नबोल्न संघले चेतावनी दिएको हो ।

जिम्मेवार सांसदहरुले पुँजी बजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक रहेको बताउँदै संघहरुले आपत्ति जनाएका छन् । 

‘दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठन पश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो त्यो हो नीतिगत स्थिरता। आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो । ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे। अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसैबिच कसैका प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दाहाल लगायत अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ’ संघहरुले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसमा हामी तपसिल बमोजिमका पूँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ।’

‘पुँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्‌दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्। कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो। जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने कुरा चेतावनी दिन चाहन्छौं’ संघहरुले भनेका छन् । 

यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानबिन गरोस्, हामी साथ दिन समेत तयार रहेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन् ।

‘पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरियोस्। नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौं। साथै यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरुलाई समेत आह्वान गर्दछौं।

ddd

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending