Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सांसद सिंहले दिए एक वर्षको पारिश्रमिक तिलगङ्गा आँखा अस्पताललाई

खबरडबली संवाददाता

मकवानपुर । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौंलाई प्रदान गरेका छन् । 

आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उनले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर नौ लाख ९९ हजार ९९ रपैयाँको चेक प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् । 

त्यस अवसरमा मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले निर्वाचनको बेला आफूले पाउने आर्थिक सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक संघ संस्थाको विकासमा सहयोग गर्ने उद्घोष गरिएअनुसार रकम हस्तान्तरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । समाजमा रहेका विपन्न, सीमान्तकृत आदिवासी जनजाति, दलितको स्वास्थ्य उपचार गर्ने काममा चिकित्सकले मानवीयताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन पनि उनले आग्रह गरे । 

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइतले सातै प्रदेशका विपन्न, सीमान्तकृत समुदायका नागरिकको आँखाको शल्यक्रिया र उपचार गरी नयाँ जीवन प्रदान गर्न हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा आँखाको लेन्स उत्पादन गर्ने कार्यका लागि अहिले भवन निर्माण भइरहेको र सोही प्रयोजनका लागि सांसद सिंहबाट प्राप्त रकमलाई सदुपयोग गर्ने बताए । 

कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा सुनिल थकालीले हाल अस्पतालमा उपचार सेवाका लागि दैनिक तीन सयदेखि चार सय बिरामी आउने गरेको र जिल्लामै लेन्स उत्पादन भएमा नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

प्लास्टिकको चामल’ फेला परेको हल्ला निराधार

उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending