Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

खबरडबली संवाददाता

बाँके ।  होलिया र गंगापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुंगा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुंगाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय सोहनलाल यादवले बताए।

उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्दछन्। खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुंगा सधैँ तयारी अवस्थामा रहन्छ।

‘नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुंगे पुल छैन, त्यसैले डुंगा चढ्नुको विकल्प छैन,’ राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शंकर यादवले भने, ‘हिउँदवर्षात् जहिले पनि डुंगाबाट राप्ती नदी वारपार गर्ने गरेका छौं।’

डुंगामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ। गाईभैंसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुंगाचालक नानबाबु पासीले बताए। डुंगामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउँछन्। 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौं नागरिक किनमेलका लागि पुग्ने गर्छन्। हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका दर्जनौँ नागरिक डुंगा तरेर जाने गर्दछन्।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुंगाचालक पासीले बताए । डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौं बासिन्दाको डुंगा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए। 

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुंगामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

प्लास्टिकको चामल’ फेला परेको हल्ला निराधार

उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending