Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

मुलुकभर ३४ हजार दुई सय ६७ किमी सडक विस्तार

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा आज विभागले यस्तो जानकारी दिएको हो । 

विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०/८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक  विस्तार भएको जानकारी दिए ।  

गत आवमा सडक निर्माणका लागि करिब रु एक खर्ब सात अर्ब २६ बजेट विनियोजन (संशोधन सहितका) भएकामा कूल खर्च ६९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । जसमध्ये ८५ दशमलव ४० प्रतिशत चालुतर्फ, ६९ दशमलव १७ प्रतिशत पुँजीगततर्फ खर्च भएको सडक विभागको तथ्याङ्क छ । 

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँच पुल निर्माण सम्पन्न भएको छ ।

यस आयोजनाको भौतिक प्रगति ७६ दशमलव ९५ र वित्तीय प्रगति ८० दशमलव ८२ प्रतिशत भएको विभागले जनाएको छ । हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ६६ दशमलव ११, वित्तीय प्रगति ६१ दशमलव ९९ प्रतिशत र कोशी करिडोरमा दुई किमी सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ । 

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड (दुई सय ४५ किमी) अन्तर्गत एक सय ९० किमी र मालढुङ्गा–बेनी–जोमसोम खण्ड (दुई सय दुई किमी) अन्तर्गत ५१ किमी कालोपत्र सडक निर्माण भएको छ । यसैगरी, कर्णाली करिडोरअन्तर्गत (दुई सय ६९ किमी) हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास निजगढमा ६५ किमी ‘ट्र्याकबेड’ र १३ वटा रेलवे पुलको निर्माण भएको छ । जसको भौतिक प्रगति ४५ दशमलव चार, वित्तीय प्रगति ४५ दशमलव ३३ प्रतिशत भएको विभागका महानिर्देशक पोखरेलले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending