सर्लाही । बोलबम यात्री सवार ट्र्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज २ त ३२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन्।
तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनालगतै ट्र्याक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन्। भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - २२:१४
काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...
जेष्ठ २३ गते, २०८३ - २२:०८
काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...
जेष्ठ २३ गते, २०८३ - २१:५९
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...
जेष्ठ २३ गते, २०८३ - २१:५७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको ना...
जेष्ठ २३ गते, २०८३ - २१:५३
दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ । वन न...
जेष्ठ २३ गते, २०८३ - २१:४५
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।...
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...



प्रतिकृया लेख्नुहोस्: