Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

निर्माण व्यवसायीको लापरबाही: कालोपत्रे भएको सडक तीन महिनामा भत्कियो

खबरडबली संवाददाता

म्याग्दी  । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको छ । जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–गुण्टेखेत–घायेखेत–धारापानी ठोटनेरी जोड्ने सडक योजना अन्तर्गत सल्यानको पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्रे सडक भत्किएको हो । 

निर्माण व्यवसायीले सडक निर्माण गर्दा कमजोर संरचना बनाएकाले सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । निर्माण व्यवसायी र सम्बन्धित निकायको लापरबाहीका कारण सडक बनेको छोटो समयमै भत्किएको उनको भनाई छ । 

कमजोर संरचना निर्माण गरेकाले बतासेमा,पहिराको टाकुरा लगायतका स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्रे सडक भत्किएको उनले बताए ।  

जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटो माथि ग्यावियन झाली भरेर त्यसमाथि कालोपत्रे गरेकाले सडक भत्किएको वडाध्यक्ष आचार्यको भनाइ छ। जनप्रतिनिधि र स्थानीयवासीहरुले पटक–पटक दिएको सुझाव समेतलाई बेवास्ता गर्दा अहिले सडकको अवस्था बिग्रिएको उनले बताए ।

पूर्व मन्त्री तथा पर्वतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीहरुले भत्किएको सडकको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा पूर्व मन्त्री तथा सांसद गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएको बताए । उनले भने, ‘‘सडक निर्माण गर्दा भौगोलिक अवस्थाको अध्ययन गरेको पाइएन । निर्माण पक्ष र सरकारी निकायको गम्भीर लापरबाहीका कारण सरकारी बजेटको दुरुपयोग भएको देखियो ।’’ सडक निर्माण गर्दा भएको कमीकमजोरीलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए  । 

मिलन चोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एन्ड थोकर प्रा‍‌.लीले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण यो योजना अलपत्र परेको थियो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्षमा  पहिलो चरणमा मिलन चोक देखि सल्यान सम्म करिब ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending