म्याग्दी । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको छ । जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–गुण्टेखेत–घायेखेत–धारापानी ठोटनेरी जोड्ने सडक योजना अन्तर्गत सल्यानको पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्रे सडक भत्किएको हो ।
निर्माण व्यवसायीले सडक निर्माण गर्दा कमजोर संरचना बनाएकाले सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । निर्माण व्यवसायी र सम्बन्धित निकायको लापरबाहीका कारण सडक बनेको छोटो समयमै भत्किएको उनको भनाई छ ।
कमजोर संरचना निर्माण गरेकाले बतासेमा,पहिराको टाकुरा लगायतका स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्रे सडक भत्किएको उनले बताए ।
जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटो माथि ग्यावियन झाली भरेर त्यसमाथि कालोपत्रे गरेकाले सडक भत्किएको वडाध्यक्ष आचार्यको भनाइ छ। जनप्रतिनिधि र स्थानीयवासीहरुले पटक–पटक दिएको सुझाव समेतलाई बेवास्ता गर्दा अहिले सडकको अवस्था बिग्रिएको उनले बताए ।
पूर्व मन्त्री तथा पर्वतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीहरुले भत्किएको सडकको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा पूर्व मन्त्री तथा सांसद गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएको बताए । उनले भने, ‘‘सडक निर्माण गर्दा भौगोलिक अवस्थाको अध्ययन गरेको पाइएन । निर्माण पक्ष र सरकारी निकायको गम्भीर लापरबाहीका कारण सरकारी बजेटको दुरुपयोग भएको देखियो ।’’ सडक निर्माण गर्दा भएको कमीकमजोरीलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए ।
मिलन चोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एन्ड थोकर प्रा.लीले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण यो योजना अलपत्र परेको थियो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोक देखि सल्यान सम्म करिब ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: