दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना (२०८१–८२) (२०८५–८६) तयार गरेको हो ।
‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार(२०८१–८२) (२०८५–८६) को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ ।
दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रका योजना कार्यान्वयन गर्ने तयारी भएरहेको अध्यक्ष श्रेष्ठले बताए । सरकारले सन् २०१६ देखि सन् २०३० सम्मका लागि दिगो विकासका विभिन्न १७ वटा लक्ष्य निर्धारण गरेको सन्दर्भमा यसलाई आधार मानेर गाउँपालिकाले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार गरेको उनले उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले भने, “नेपालको संविधानले निर्देश गरे अनुसारका नीतिसँग समायोजन हुने गरी दिगो विकासको लक्ष्य हासिल गर्न आवधिक र दीर्घकालीन रुपमा योजना तर्जुमा गरी सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता छ ।”
उक्त योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधारतर्फ पालिकाको प्रशासनिक भवन निर्माणलाई पूर्णता दिने, सभाहल, वडा कार्यालय परिसरमा थालिएका संरचना, १० शय्याको अस्पताल निर्माण, ल्यान्डफिल्ड साइडको अपूरो संरचना, वडास्तरीय सडक संरचना निर्माण तथा स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कृषि तथा पशुको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि तथा पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ऊर्जाको विकास, विस्तार र सुदृढीकरण, घरेलु उद्यमको विकास, स्वरोजगारी सिर्जना तथा बेरोजगारी समस्याको समाधानलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ ।
जलस्रोतको विकास र सिँचाइ, खेलकुद पूर्वाधारको विकास र विस्तार, मानव संशाधनको विकास तथा लक्षित वर्ग हितमूलक कार्यक्रम सञ्चालन, वन वातावरण, वृक्षारोपण, जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् तथा प्रकोप व्यवस्थापन र विभिन्न समयमा देखा पर्ने सङ्क्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सामाजिक सुरक्षा, संरक्षण, न्याय र सामाजिक समावेशीकरण तथा गरिबी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मुख्य प्राथमिकतामा राखेको उनले उल्लेख गरे । म्याग्देलाई आगामी पाँच वर्षभित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिइएको पालिका कार्यालयले जनाएको छ ।
पालिकाले लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्र, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल तथा सडक सरसफाइ, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संशाधन विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरणमैत्री दिगो विकास गरिने अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: