वीरगन्ज । रौतहट जिल्ला पछिल्लो समय नेपाली नक्कली नोट कारोबारका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । मधेस प्रदेशमा प्रदेशको ८ वटा जिल्लामध्ये नक्कली नोट ओसारपसारमा संलग्न सबैभन्दा बढी रौतहटबाट पक्राउ परेका छन् ।
रौटहटबाट धेरै नेपाली नक्कली नोट बरामद हुन थालेपछि मधेस प्रहरीले यो जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ । खासगरी भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको मधेस प्रदेश प्रहरीको आकलन छ । त्यसमा पनि रौतहटमा यसको सञ्जाल बढी देखिएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/०८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ परिमाणको नेपाली नक्कली नोट बरामद भएको छ । ओसारपसारमा संलग्नहरू पनि समीक्षा अवधिमा रौतहटबाटै धेरै पक्राउ परेका छन् ।
प्रहरीको तथ्याङ्कमा रौतहटमा यो एक वर्षमा जाली नोटसहित १६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार यो सङ्ख्या मधेसका अन्य जिल्लाको तुलनामा बढी हो । नक्कली नोट ओसारपसारमा संलग्नहरूबाट रौतहट प्रहरीले आर्थिक वर्ष ०८०/०८१ मा २० लाख १६ हजार नेपाली नक्कली नोट पक्राउ परेको विवरण छ ।
रौटहटसँगै मधेस प्रदेशमै खोटाचलन (नक्कली नोट०) को कारोबारको ग्राफ उकालो लाग्दो छ । खासगरी प्रदेशका ४ वटा जिल्लामा नेपाली नक्कली नोटको ओसारपसार बढेको तथ्याङ्कले देखाएको छ । प्रहरीले उपलब्ध गराएको एक तथ्याङ्कमा प्रदेशका ती चारवटै जिल्लाबाट गएको एक वर्षमा करिब ३५ लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: