रौतहट । नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको ईञ्चार्जमा पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मनोनीत भएका छन ।
बिहीवार बसेको एमालेको सचिवालय बैठकले पार्टी जिल्ला इन्चार्जमा गुप्ता र पार्टीको केन्द्रीय सदस्यमा कुष्वाहालाई मनोनयन गरेको हो। ईन्चार्ज गुप्ता गत निर्वाचनमा रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए ।
उनी थोरै मतले पछि पर्दा उक्त क्षेत्र बाट नेकपा समाजबादीका अध्यक्ष माधव कुमार नेपाल निर्वाचीत भएका थिए। त्यसैगरी कुन्दन कुशवाहा गत निर्वचनमा क्षेत्र नम्बर ३ ख बाट प्रभु साहको साथमा प्रदेश सांसद पदका लागि स्वतन्त्र रूपमा चुनाव लडेका थिए। तत्कालीन नेकपा एमालेका पोलिब्युरो सदस्य प्रभु साहले एमालेको टिकट पाखा लगाउँदै स्वतन्त्र चुनाव लड्दा उनकै सल्लाह अनुसार तत्कालीन एमालेका केन्द्रिय सदस्य कुशवाहाले पनि पार्टीको टिकट पाखा लगाएर स्वतन्त्र उमेदवारी घोषणा गरेका थिए।
क्षेत्र ३ ख मा कांग्रेस उमेदवार सुनिल कुमार यादव ( जितेन्द्र) प्रदेश सांसदमा निर्वाचीत हुँदा कुशवाहा दोस्रो स्थानमा रहेर पराजित भएका थिए।
लगत्तै नेकपा एमाले पार्टीले प्रभु साह र उनको टिममा रहेका कुन्दन कुशवाहा लगायत लाई पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेका थिए।
प्रभु साहले नेतृत्व गरेको आमजनता पार्टीको महासचिवको जिम्मेदारी पाएका कुन्दन कुशवाहा ६ महिना अघि गत निर्वाचनमा आफू संग धोखा गरिएको भन्दै प्रभु साहको साथ छोडेर पुनः नेकपा एमालेमा प्रवेश गरेका थिए।
कुष्वाहालाई पार्टी अध्यक्ष बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। पूर्व मन्त्री तथा आजपा अध्यक्ष प्रभु साहको साथमा हुँदा निकै क्रियाशील रहनुका साथै कटहरिया ४ स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानको भवन निर्माणका लागी लाखौँ मूल्य पर्ने २ कठा जग्गा निःशुल्क प्रदान गरेका थिए।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महत्तोका जेठा छोरा कुन्दन कुशवाहा प्रदेश सांसदको राजनिती गर्दा कान्छा चन्दन कुशवाहा वडा ४ मा दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका छन्। युवाहरु बीच निकै लोकप्रिय चन्दन २०८४ को स्थानीय निर्वाचनमा मेयर पदमा चुनाव लड्ने हाल ब्यापक चर्चा चलेको छ। सरल स्वाभावका चन्दन विकास निर्माणमा बिशेष चासो राख्नुका साथै नगरबासी माझ त्यतिकै लोकप्रिय रहेको स्थानीयहरुले बताएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: