Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड !

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ?  नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ । 

साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कहाँबाट हुने चर्चा सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट निम्तो आइसकेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत र चीनले कूटनीतिक मध्यमबाट पहल थालिसकेका छन् । भारतले सेप्टेम्बरमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने र त्यसमा नै प्रधानमन्त्री ओलीलाई अयोध्यासम्म लगेर भ्रमण गराउने सोच बनाएको छ । तर नेपालबाट ‘सकारात्मक’ सङ्केत नपाएकाले त्यो कुरा अगाडि बढेको छैन ।

उता, चीनले पनि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण गराउन कूटनीतिक पहल थालेको छ । तर, यो विषय पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ । भारत र चीनले भ्रमणका लागि पहल गरिरहँदा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण बैंकक हुने देखिएको छ ।

सेप्टेम्बरमा छैटौँ बिमस्टेक सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना हुँदैछ । सो सम्मेलनमा प्रधानमन्त्री ओली जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू जाने लगभग निश्चित भएको छ । यद्यपि, आधिकारिक इन्भिटेसन आइपुगेको छैन, त्यसको प्रतीक्षामा छौँ । त्यो आइसकेपछि सबै कुराको टुङ्गो लाग्छ ।’

सेप्टेम्बरको पहिलो हप्ता बिमस्टेक सम्मेलन हुने भनिए पनि मिति तय भएको छैन । सम्मेलनको मिति तय नभएकाले इन्भिटेसनमा ढिलाइ भएको हुनसक्ने मन्त्रालय स्रोतको भनाई छ । यद्यपि, मन्त्रालयले भ्रमणको आन्तरिक तयारी थालिसकेको छ ।

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्डसहित सात सदस्य राष्ट्र छन् । बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका राष्ट्र प्रमुखसँग भेटघाट हुने बताइएको छ ।

सन् २०१८ मा चौथो बिमस्टेक सम्मेलन नेपालमा भएको थियो । त्यति बेला केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । सो सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए ।

थाइल्यान्डको भ्रमणपछि सम्भवतः प्रधानमन्त्री ओलीको दोस्रो विदेश भ्रमण अमेरिका हुनेछ । संयुक्त राष्ट्र संघको महासभाको बैठक पनि सेप्टेम्बरको अन्तिममा त्यहाँ हुने भनिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending