काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ ।
साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कहाँबाट हुने चर्चा सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट निम्तो आइसकेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत र चीनले कूटनीतिक मध्यमबाट पहल थालिसकेका छन् । भारतले सेप्टेम्बरमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने र त्यसमा नै प्रधानमन्त्री ओलीलाई अयोध्यासम्म लगेर भ्रमण गराउने सोच बनाएको छ । तर नेपालबाट ‘सकारात्मक’ सङ्केत नपाएकाले त्यो कुरा अगाडि बढेको छैन ।
उता, चीनले पनि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण गराउन कूटनीतिक पहल थालेको छ । तर, यो विषय पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ । भारत र चीनले भ्रमणका लागि पहल गरिरहँदा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण बैंकक हुने देखिएको छ ।
सेप्टेम्बरमा छैटौँ बिमस्टेक सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना हुँदैछ । सो सम्मेलनमा प्रधानमन्त्री ओली जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू जाने लगभग निश्चित भएको छ । यद्यपि, आधिकारिक इन्भिटेसन आइपुगेको छैन, त्यसको प्रतीक्षामा छौँ । त्यो आइसकेपछि सबै कुराको टुङ्गो लाग्छ ।’
सेप्टेम्बरको पहिलो हप्ता बिमस्टेक सम्मेलन हुने भनिए पनि मिति तय भएको छैन । सम्मेलनको मिति तय नभएकाले इन्भिटेसनमा ढिलाइ भएको हुनसक्ने मन्त्रालय स्रोतको भनाई छ । यद्यपि, मन्त्रालयले भ्रमणको आन्तरिक तयारी थालिसकेको छ ।
बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्डसहित सात सदस्य राष्ट्र छन् । बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका राष्ट्र प्रमुखसँग भेटघाट हुने बताइएको छ ।
सन् २०१८ मा चौथो बिमस्टेक सम्मेलन नेपालमा भएको थियो । त्यति बेला केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । सो सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए ।
थाइल्यान्डको भ्रमणपछि सम्भवतः प्रधानमन्त्री ओलीको दोस्रो विदेश भ्रमण अमेरिका हुनेछ । संयुक्त राष्ट्र संघको महासभाको बैठक पनि सेप्टेम्बरको अन्तिममा त्यहाँ हुने भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: