Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पूर्वमन्त्री यादवको हत्यामा संलग्न सार्वजनिक

खबरडबली संवाददाता

सर्लाही  । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उनकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । 

मलङ्गवा नगरपालिका–४ मा बस्दै आएका ८१ वर्षका रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने युवकले रायको हत्या गरेको पुष्टि भएको हो । 

रायको उनकै घरमा काम गर्ने कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेका प्रहरीले जनाएको छ । पूर्व मन्त्री रायसँग जग्गाको विषयमा विवाद चल्दै आएका छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले रामउजैनलाई दुई लाख रुपियाँ नगद र व्यवसायको लागि एउटा फर्म समेत बनाइदिन्छु भनी हत्या गर्न लगाएको खुलेको छ । 

सर्लाही प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न सहयोगी रामउजैन र योजनाकार छिमेकी वीरेन्द्रलाई सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अहिलेसम्मको अनुसन्धानमा वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रामउजैन एक्लैले पूर्व राज्यमन्त्री रायको हत्या गरेको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक  रवीन्द्रबहादुर सिंहले जानकारी दिए । 

साउन ७ गते मध्यरातमा रामउजैन आफैले पूर्व मन्त्री रायको हत्या भएको भन्दै गाउँले र प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटना लगत्तै रामउजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

जिल्ला तथा प्रदेश प्रहरी समेतको एक साताको अनुसन्धानपछि पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा (फलामको धारिलो हतियार) समेत बरामद गरेर सार्वजनिक गरेको छ । 

रामउजैन र वीरेन्द्र दुवैलाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending