Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मिलापत्रको अनदेखा गरी म विरुद्ध दुष्प्रचार भयोः कृष्णमान प्रधान

खबरडबली संवाददाता

काठमाडौं । यौनशोषणको आरोप लागेपछि प्रस्तावित निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएका कृष्णमान प्रधानले आफूविरुद्ध संगठित रुपमा दुष्प्रचार भएको दाबी गरेका छन्।

सार्वजनिक सुनुवाइ विशेष समितिबाट अनुमोदन नहुने संकेत पाएपछि प्रधानले सोमबार समितिका सभापतिलाई पत्र लेखेर आफ्नो नाम फिर्ता लिएका हुन्।

पत्रमा उनले भनेका छन्, “संवैधानिक परिषदको सर्वसम्मत सिफारिशको विरुद्धमा यसबीच सम्मानित काठमाडौं जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दाबी पुष्टी गर्न सक्तिन, मैले निज उपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सक्रियतापूर्वक लागेर चालिसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु।”

आफू विरुद्ध दुष्प्रचार भएपछि निर्वाचन आयुक्त बनेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको प्रधानले पत्रमा भनेका छन्।

संवैधानिक परिषद्ले असार २ गते आयुक्तमा सिफारिश गरेका प्रधानमन्त्री विरुद्ध उनका पूर्व सहकर्मीले यौनशोषण र दुव्र्यहार गरेको उजुरी दर्ता गरेकी थिइन्। तीन वर्षसम्म यौनशोषणमा परेको पछि मिलापत्र भएको उजुरीकर्ता उल्लेख गरेकी छन्। उजुरीकर्तासँग मिलापत्र भएको कुरा प्रधानले पनि स्विकार गरेका छन्।

संविधानमा आयुक्त बन्नका लागि ‘उच्च नैतिक चरित्र’ हुनैपर्ने प्रावधान छ। यौनशोषण प्रकरणमा ‘मिलापत्र’ गरेका व्यक्ति उच्च नैतिक चरित्रको नहुने भनेर सञ्चार माध्यमले विरोध गरेपछि सुनुवाई समिति प्रधानको नाम अनुमोदन गर्न हच्किरहेको थियो।

कृष्णमान प्रधानको पत्र

माननीय सभापतिज्यू,
संसदीय सुनवाई समिति,
संघीय संसद, सिंहदवार, काठमाण्डौ

मितिः २०८१।०४।१४

विषयः निर्वाचन आयोगको रिक्त आयुक्त पदमा भएको नियुक्तिको सिफारिश पश्चात भएको सुनवाइको सम्बन्धमा।

सम्मानित संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नेपालको संविधान बमोजिम सर्वसम्मतिले सिफारिश गरी सम्मानित समिति समक्ष संसदीय सुनवाइको लागि प्रेषित गरी पठाएकोमा प्रक्रिया प्रारम्भ भई मैले सम्मानित समिति समक्ष आफ्नो कार्ययोजना समेत प्रस्तुत गरिसकेको कुरा यहाँलाई विदितै छ। नेपालको संविधानले संवैधानिक नियुक्तिको सम्बन्धमा गरेको सुनवाइ सम्बन्धी व्यवस्थाले उम्मेदवारको योग्यता, अनुभव जस्ता विषयमा जनताको तर्फबाट परीक्षण गर्ने व्यवस्था गरेको हो।

संवैधानिक परिषदको सर्वसम्मत सिफारिशको विरुद्धमा यसबीच सम्मानित काठमाडौं जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दाबी पुष्टी गर्न सक्तिन, मैले निज उपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सक्रियतापूर्वक लागेर चालिसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु। संगठित रूपमा लागेपछि झूठहरू कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसूस गरेको छु।

नेपालको संविधान र संसदीय सुनवाइ समितिको प्रक्रियाको सम्बन्धमा मेरो उच्च विश्वास व्यक्त गर्दछु। मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिशप्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिश भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिश भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु।

कृष्णमान प्रधान
निर्वाचन आयोगको आयुक्त पदको प्रस्ता
वित उम्मेदवार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending