Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको ताकेता

खबरडबली संवाददाता

पर्वत । पवित्र कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र काटेको हो । 

डेढ दशकयता छरसातपटक लगाइएका छ महायज्ञबाट सङ्कलित रकम, दैनिकजसो दर्शनाथी तथा भक्तजनबाट सङ्कलन हुने भेटी र विभिन्न सङ्घसंस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेकाका सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

गुठीका नाममा जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालगायत विभिन्न स्थानमा रहेको दुई सय ५० रोपनी जग्गाको विवरण समेत सार्वजनिक हुन सकेको छैन । लामो समयदेखि सरोकार भएका निकायले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे पनि मोदीवेणीधाम व्यवस्थापन समितिले आनाकानी गरेपछि प्रशासनले परिपत्र गरेको उनले बताए ।

एक वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले परिपत्र गर्दा समितिले अटेर गरेपछि पुनः प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पत्र पठाएका छन् । प्रशासकीय अधिकृत शर्माले गुठीका नाममा रहेको चलरअलच सम्पत्ति के कति छ, कसरी व्यवस्थापन भइरहेको छ भन्ने विवरण उपलब्ध गराउन पत्र पठाइएको जानकारी दिए । सरकारी तथा गुठीका नाममा रहेको सम्पत्ति संरक्षणको दायित्व प्रशासनको भएकाले एक साताभित्र विवरण उपलब्ध गराउन भनिएको उनले बताए । 

तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताए । प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने भक्तजनको आश्रयस्थलका रुपमा रहेको मोदीवेणीमा दुई दशक अघिसम्म नेपालका साथै भारतीय पर्यटकको समेत उत्तिकै चहलपहल हुन्थ्यो ।

मोदीवेणीधाममा वार्षिक रुपमा ठूलो आम्दानी हुने गरेको भए पनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशङ्का बढेको स्थानीय ८५ वर्षीय हरिप्रसाद आचार्यले बताए । “यस क्षेत्रको सबैभन्दा ठूलो धार्मिकस्थल मोदीवेणी हो ।

यहाँ पर्वत, बागलुङ र स्याङ्जालगायत जिल्लाका साथै भारतीय तीर्थयात्री आउँछन् । यात्राका क्रममा तीर्थयात्री यहीँ बास बसेर मुक्तिनाथ जान्छन्”, स्थानीय हरि सापकोटाले भने, “सीमित परिवारले यसको हिनामिना गरेका हुन सक्छन् । यथाशीघ्र सम्पत्ति विवरण सार्वजनिक गरेर सरकारले आवश्यक संरक्षणमा ध्यान दिनुपर्दछ ।”

मोदीवेणी नृसिंह धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले सदियौँदेखि मन्दिरको व्यवस्थापन बैरागी परिवारले गर्दै आएको बताउँदै यहाँ रहेको जग्गा र अन्य सम्पत्ति हिनामिना नभएको दाबी गरे । उनले पुजारी तथा पुजाकर्म व्यवस्थापन, मर्मतसम्भार, रङ्गरोगन, तीर्थयात्रीलाई खानपान, सरसफाइलगायत व्यवस्थापकीय काममा मन्दिरमा हुने आम्दानी खर्च हुने गरेको जानकारी दिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनले ताकेता गरेपछि विवरण तयारीमा लागेको जनाउँदै अध्यक्ष बैरागीले यहाँको सम्पत्ति विवरणमा कुनै अपारदर्शिता नभएको दाबी गरे । मोदीवेणीधाममा रहेको घाटमा पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी र आँधीखोलागाउँपालिकाबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन्  । यहाँ हरेक एकादशीका साथै हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रीलगायत पर्वमा ठूलो मेला लाग्ने गर्दछ । 

पछिल्लो समय कुश्मादेखि मोदीवेणीसम्म सहज सडक यातायात र कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीवेणीधामबाट ‘ट्र्याक’ खुलेपछि यहाँ मेला भर्न तथा दाहसंस्कारका लागि आउनेहरुलाई सहज भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending